लिमीमा खाद्यान्न ओसार्न सेनाकाे हेलिकप्टर हुम्ला पुग्यो

काठमाण्डाै – खाद्यान्न माग्दै जनप्रतिनिधिहरू काठमाण्डौ आएपछि हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीमा खाद्यान्न पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । आज आइतवार दिउँसो सिमकोट पुगेको हेलिकप्टरमा ११ क्विन्टल चामल लोड गरिएको र भोलि साेमवार बिहानै लिमीमा जाने नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो । बिहान सिमकोटबाट चामल लिएर लिमी जाने र त्यसपछि हिल्साबाट खाद्यान्न ओसार्ने उहाँले बताउनुभयो । हिस्लामा चीनले राहत स्वरूप दिएको चार हजार पाँच सय बो...

सम्बन्धित सामग्री

हुम्लाकाे लिमीमा आज खाद्यान्न पुग्ने

काठमाण्डाै - भोकमरीको अवस्थामा रहेको हुम्लाको लिमी क्षेत्रमा आज खाद्यान्न पुग्ने भएको छ । त्यसका लागि हिजै सेनाको हेलिकप्टर हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । हेलिकप्टरले सिमकोटमा रहेको ३५ क्विन्टल चामल लिमी क्षेत्रमा पुर्याउने छ । यस्तै, हिल्सामा रहेको चार सय ६१ क्विन्टल पिठो र पाँच क्विन्टल चामल पनि लिमी पुर्याउने तयारी छ । त्यसपछि लिमीमा रहेका १ सय ४७ परिवारलाई खाद्यान्न वितरण  गरिने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । उहाँकाअनुसार यो खाद्यान्नले लिमीका स्थानीय बासिन्दालाई सात/आठ महिना ख...

एक साताको हारगुहारपछि खाद्यान्न ढुवानी गर्न हुम्ला पुग्यो सेनाको हेलिकप्टर

काठमाडौं । एकसाताको हारगुहारपछि खाद्यान्न ढुवानी गर्न नेपाली सेनाको हेलिकप्टर हुम्ला पुगेको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टर खाद्यान्न ढुवानीका लागि काठमाडौं–सुर्खेत हुँदै हुम्ला पुगेको नेपाली सेनाले जनाएको छ ।  तत्काल खाद्यान्न ढुवानी गर्न हेलिकप्टर पठाइएको सेनाले जनाएको छ । खाद्यान्न लोड गर्नका लागि १५ जना नाम्खा गाउँपालिका ६ का स्थानीय हिल्सामै...