सर्वोच्चको फैसलाले उब्जाएको प्रश्नः हाम्रो व्यवस्था बहुदलीय की निर्दलीय?

काठमाडौं। सर्वोच्च अदालतले आज संविधानको धारा ७६(५) मा दलका सांसद स्वतन्त्र हुने व्याख्या गरेपछि कांग्रेसका दुई नेताले प्रश्न गरेका छन्। नेता लोकेश ढकाल भन्छन्, 'के हामीले कल्पना गरेको बहुदलीय व्यवस्था पार्टीबाट जितेर निर्दलीय हैसियत हुने व्यवस्था हो?' अर्का नेता लक्ष्मण घिमिरे भन्छन्, 'सुधारिएको संसदीय व्यवस्थाले करिब ३० वर्षपछि निर्दलीयता पो ल्याए जस्तो छ। धारा ७६ त धुव्रे हात्ती जस्तै रहेछ।'