बजारमा कच्चा सुन अभाव, व्यवसायी पुगे राष्ट्र बैंक

बजारमा कच्चा सुन अभाव भएको भन्दै सुनचाँदी व्यवसायीहरू नेपाल राष्ट्र बैंक पुगेका छन् । आपूर्ति कोटा बढाउन व्यवसायीहरूले केन्द्रीय बैंकलाई गुहारेका हुन् ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले राष्ट्र बैंक, विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेललाई सुन अभावबारे जानकारी गराएको हो । बजारमा माग र आपूर्तिबीच चरम असन्तुलन रहेको महासंघले दाबी गरेको छ । त्यसकारण तत्काल कच्चा सुनको आपूर्ति बढाउन आफूहरूले आग्रह गरेको महासंघका

सम्बन्धित सामग्री

बजारको आवश्यकता अनुसार दिन प्रतिवद्ध छौँ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलसँगको भेटपछि गभर्नर अधिकारीले बजारको आवश्यकता अनुसार सुनचाँदी जस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने व्यवस्था गर्न राष्ट्र बैंक प्रतिवद्ध रहेको […]

बजारको आवश्यकता अनुसार सुनचाँदी उपलब्ध गराउन प्रतिबद्ध छौं : गभर्नर

२३ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलसँगको भेटपछि गभर्नर अधिकारीले बजारको आवश्यकता अनुसार सुनचाँदी जस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने व्यवस्था गर्न […]