वरिष्ठ उपाध्यक्ष पद ‘खारेज’ गर्नेबारे ओलीसहित यी ७ नेताबीच छलफल हुँदै

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदले विवाद सिर्जना हुने देखिएपछि पद नै खारेज गर्ने विषयमा छलफल अगाडि बढेको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दाबी गरेपछि सहमति जुटाउन ओलीलाई असहज भएको थियो ।  पोखरेलले वरिष्ठ आफूलाई बनाउन र नभए पद नै खारेज गर्न ओलीलाई आग्रह गरेका थिए । ओलीले पद नै खारेज गर्न सहज मानेपछि छलफल अगाडि बढेको स्रोतले जनाएको छ । अध्यक्ष ओलीसहित ७ नेताहरू वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने प्रस्ताव बन्दसत्रमा लैजानेबारे छलफल गरिरहेका छन् । ओलीसँगको छलफल...