युक्रेनमा आक्रमण जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन् ।रुसले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेलगत्तै पुटिनले आक्रमणलाई निरन्तरता दिन रक्षामन्त्री सर्गेई शोइगुलाई आदेश दिएका हुन् । तर युक्रेनले रुसी सैनिकलाई पश्चिमतर्फ थप अघि बढ्न नदिनका लागि आफ्नो फौजलाई सुदृढ पारिरहेको दाबी गरेको छ ।रुसले अहिले छिमेकी डोनेट्स्क क्षेत्रका सहरमा आक्रमण तीव्र पारेको छ । गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गर्नुअघि पुटिनले लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका थिए