‘दैनिक पाँच लाखभन्दा बढीलाई खोप लगाउने क्षमता छ’

देशभर कोरोनाभाइरस (कोभिड —१९) विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, संघीय राजधानीदेखि प्रदेश र स्थानीय तहका खोप केन्द्र व्यवस्थित नहुँदा खोप केन्द्रबाटै कोरोना महामारीको जोखिम बढेको जनस्वास्थ्यविज्ञ तथा चिकित्सकहरु बताउँछन् ।किन खोप केन्द्र व्यवस्थित हुन सकेनन् ? खोपको प्राथमिकतामा नपरेका व्यक्तिले खोप प्राप्ति गर्दा सरकार किन मौन छ ? बालबालिकाले कहिले कोरोनाविरुद्धको खोप पाउँछन् ? अनुदानमा प्राप्त र खरिद गरेको खोप कहिले नेपाल आइपुग्छ ? यस्ता प्रश्नहरु आम रुपमा उठ्ने गरेका छन् । यी

सम्बन्धित सामग्री

कर्णालीमा १४ लाख भेडाबाख्रामा पिपिआर खोप अभियान

कर्णाली – कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका १४ लाख ३९ भेडाबाख्रालाई पिपिआर खोप लगाउने अभियानको शुभारम्भ गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले बराहताल गाउँपालिका–८ सुर्खेतस्थित कुमीकोटमा आज खोपकर्ता (भ्याक्सिनेटर)लाई खोप र भाइल दिएर अभियानको शुभारम्भ गरे । मन्त्री शर्माले भेडाबाख्राको रोग प्रतिरोधात्मक क्षमता बढाउन र किसानको व्यवसाय संरक्षण गरी […]

मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घर घरमा कोरोना खोप

मधेस प्रदेशका चार जिल्लाका घरघरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज यहाँ उद्घाटन गरिएको हो । आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको आयोजना तथा स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक रुपमा फरक क्षमता भएका करिब ३२ हजारलाई कोरोनाविरुद्धको पहिलो खोप लगाउने कार्यक्रमको मधेस प्रदेशका सामाजि

मनाङमा हिमपातमै बुस्टर खोप अभियान

मौसम बदली भएपछि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । हिमपातकै अवस्थामा पनि यहाँ कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर छ महिना पूरा भएका नागरिकका लागि कोरोना सङ्क्रमण विरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले ज

मनाङमा हिमपातमै बुस्टर खोप अभियान

मौसम बदली भएपछि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । हिमपातकै अवस्थामा पनि कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर छ महिना पूरा भएका नागरिकका लागि कोरोना सङ्क्रमणविरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए ।

सरकारद्वारा कोरोनाविरुद्धको अतिरिक्त खोपको व्यवस्था, यस्ता व्यक्तिले पाउँछन्

सरकारले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई कोरोनाविरुद्धको अतिरिक्त मात्रा खोप लगाउने व्यवस्था गरेको छ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका नागरिकलाई खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गई थप मात्रा लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।अतिरिक्त मात्रा खोप भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सो भन्दा माथि उमेरका व्यक्तिहरुले लगाउन पाउने भएका छन् । यद्यपि कोरोनाविरुद्धको खोप पहिले जुन लगाइ

शुक्लाफाँटाका सबै वडामा स्वास्थ्य केन्द्र, खोपको पहुँचमा बालबालिका

कञ्चनपुर : बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न शुक्लाफाँटा नगरपालिकाले खोप कार्यक्रम प्रभावकारी बनाउन पहल गरेको छ।खोप लगाउने उमेरका बालबालिका सबैले खोप लगाउन पाउने गरी खोप कार्यक्रम सञ्चालन गरेको छ।नगरपालिकाका १२ वटै वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रबाटै खोप लगाउने व्यवस्था गरिएको छ।नगरपालिकाका ३ वटा वडामा स्वास्थ्य चौकी, एउटामा शहरी स्वास्थ्य केन्द्र र ८ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालित छन्।नगरपालिकाका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भइसकेपछि&

असामान्यकालको अलमल

अहिले जुन गतिमा खोप लगाउने काम भइरहेको छ, त्यो पर्याप्त छैन। दैनिक ६ लाख नागरिकलाई खोप लगाउन सक्ने क्षमता भएर पनि किन त्यो लक्ष्य हासिल हुन सकेन भन्ने प्रश्न गम्भीरपूर्वक उठेको छ। यसलाई महसुस गरी सरकारले गति तीव्र पार्नु उचित हुन्छ।...

ज्येष्ठ नागरिक, दीर्घरोगी र अपांगता भएकालाई घरमै गएर खोप लगाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले खोप केन्द्रमा आउन नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घरोगी तथा फरक क्षमता भएका तथा दुवै आँखा नदेख्ने व्यक्तिलाई तत्काल खोप लगाउने व्यवस्था गर्न आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले शुक्रवार यस्तो आदेश दिएको हो ।अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमा आदेश जारी गर्दै सर्वोच्चले वडा तहबाटै […]

खोपको खुसी

सरकारले प्राथमिकता आधारमा कोरोनाविरुद्धको खोप दिइरहँदा खोप केन्द्रहरूमा मानिसहरूको ठूलो भिड छ । खोपको प्राथमिकतामा पर्दै नपरेका नागरिक खोप लगाउन भनसुन गर्न र पहुँचका आधारमा खोप लगाउन खोप केन्द्रमा पुग्ने जमातको पनि कमी छैन । खोप लगाउन इच्छुक मानिसको सङ्ख्या बढिरहँदा अत्तरखोलस्थित अर्थोपेडिक अस्पतालसँगै रहेको खगेन्द्र नवजीवन केन्द्रमा सोमबार सुरु भएको खोप केन्द्रको दृश्य भने फरक थियो । फरक क्षमता भएका धेरैजसो नागरिक खोप लगाउन नपरे हुन्थ्यो जस्तो गरिरहेका थिए । खोप लगाउने स्थानसँगै जोडिएको को

चार चरणमा खोप लगाउने तयारी, उपचारमा खटिने पहिलो प्राथमिकतामा

नेपालमा खोप आएपछि चार चरणमा खोप लगाउने सरकारी तयारी छ । देशले धान्न सक्ने खोप आएपछि कसरी र कुन समूहलाई लगाउने भनेर छलफल थालेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । नेपालमा खोप ल्याउन तेस्रो चरणको प्रकृया पूरा गर्ने कम्पनीहरुलाई पत्राचार गरिएको छ । ‘अब छिटोभन्दा छिटो खोप ल्याउन पहल गरिरहेका छांै’ गौतमले भन्नुभयो । ‘त्यसका लागि हामीले खोप कसरी र कसलाई दिने भनेर छलफल सुरु गरेका छांै’ उहाँले थप्नुभयो । उहाँका अनुसार सुरुमा तीन प्रतिशत, करिब नौ लाखलाई पहिलो चरणमा खोप लगाइने छ । पहिलो चरणमा कोरोना विरुद्धको अभियान अन्तरगतको उपचार, व्यवस्थापनमा खटिने नौ लाखलाई खोप लगाउने अन्तिम तयारीमा रहेको डा. शर्माले भन्नुभयो । उहाँका अनुसार दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय लागेको छ । ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई खोप लगाउने तयारी सरकारी निकायको छ । ५५ वर्षभन्दा माथिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुको संख्या ६० लाखभन्दा माथिको रहेको अनुमान गरिएको र त्यसको तयारीमा लागेको डा. शर्माले भन्नुभयो । तेस्रो चरणमा ४० वर्षदेखि ५५ वर्षसम्मका मानिसहरुलाई लगाउने तयारी रहेको छ । त्यस्तै अन्तिम चरणमा १५ वर्षदेखि ३९ वर्षसम्मको नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय छ । १५ वर्षभन्दा मुनीका बालबालिकाहरुलाई खोप लगाईंदैन । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, समुदायमा तथ्याङ्ग संकलनको काम गरिरहेको डा. शर्माले भन्नुभयो । अहिले भारतमा बेलायतसँग मिलेर एउटा कम्पनी र भारत एक्लैले एउटा कम्पनीसँग मिलेर कोरोनाको खोप बनाउँदै छ । यो खोपले समेत तेस्रो चरण पार गरेका छन् । चीनका चारवटा कम्पनीहरुले खोप बनाइरहेका छन् । अहिलेको अवस्थामा भारत र चीनमा बनेका खोपहरु मार्च–अप्रिलसम्म आइपुग्न सक्ने सम्भावनामा मन्त्रालयले हेरेर बसेको छ । खोप महाशाखाले नेपालमा खोप भण्डारण गर्नको लागि त्रिभुवन विमानस्थलमा रहेको कोल्ड चेनलाई प्रयोग गर्ने तयारी छ । नेपालका सबै जिल्ला तथा स्वास्थ्य केन्द्रहरुमा समेत फ्रिज रहेकोमा त्यसलाई प्रयोग गर्न सक्नेगरि खोप ल्याउने तयारीमा सरकारी संयन्त्र लागेको छ । नेपाललाई भारत र चीनमा बनेका खोपहरु उपयुक्र्त हुने भएकाले त्यसमै जोड दिन आवश्यक रहेको माइक्रोबायोलोजिष्ट तथा खोपबारे अध्ययन गरिरहनु भएका डा. प्रकाश घिमिरे बताउनुहुन्छ । ‘खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने, खोपको पर्याप्त उपलब्धता हुनुपर्ने नेपालका लागि उपयुक्त कोल्ड चेन भण्डारणको र कम लागतको खोप नेपालले पर्खिरहेको छ’ डा. घिमिरेले भन्नुभयो । नेपालमा यसअघि प्रयोग भैरहेका खोपहरु दुई देखि आठ डिग्रीमा भण्डारण हुँदै आएकोमा माइनस २० डिग्री तापक्रमसम्ममा खोप भण्डारण गर्न मिल्ने कोल्ड चेनको भौतिक संरचना बढाउने तयारी तीब्र पारिएको डा. शर्माले भन्नुभयो । नेपाल सरकारले नेपालीले किन्न सक्ने, भण्डारण गर्न सक्ने खालको खोप दिन अनुरोध समेत गरेको छ । नेपालले कोरोनाविरुद्धको खोप खरिदको लागि ४९ अर्ब रकम छुट्याएको छ । नेपालको भौगोलिक अवस्था सुहाउँदो र नेपालको आर्थिक भारले धान्न सक्ने खालको खोप आएपछि नेपालमा खोप भित्रने डा. प्रकाश घिमिरे घिमिरेले भन्नुभयो । नेपालमा भारत र चीनमा बनेका र अरु देशमा बनेका दुईदेखि आठ डिग्री सेल्सियसको खोप राम्रो हुने भएकाले नेपालमा सोही खोपको कुरा भैरहेको हुन सक्ने उहाँले बताउनुभयो । नेपालले कुरा गरिरहेको भन्ने सुनेकाले तीन महिनाभित्र खोप आउन सक्ने उहाँले स्पष्ट पार्नुभयो । नेपालको लागि सुहाउँदो खोपले लाइसेन्स पाउने बित्तिकै नेपालमा कोरोना खोप भित्रिने स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।