एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति, प्रतिनिधि सभाका ५२ सिटमा तालमेल (सूचीसहित)

काठमाण्डाै – आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशमा चुनावका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच ५२ सिटमा तालमेल हुने भएकाे छ ।  आज शनिबार बिहान भएकाे छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच चुनावी तालमेलकाे सहमति पत्रमा हस्ताक्षर भएकाे एमाले महसचिव शंकर पाेखरेलले जानकारी दिनुभएकाे छ । तालमेलअनुसार एमालेले ३५ र जसपाले १७ सिट पाउने भएका छन् ।  तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने र सहकार्य चुनावपछि पनि रहने&...