आम हडतालको तयारीमा प्रचण्ड-माधव समूह

काठमाडौँ । संवैधानिक परिषद्को नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेसँगै नेकपा प्रचण्ड-माधव समूहले आम हडताल गर्ने तयारी गरेको छ । प्रचण्ड-माधव समूहले बिहीबार संवैधानिक निकायहरूमा जबरजस्ती नियुक्तिलाई लिएर आम हडताल गर्ने तयारी गरेको हो ।