काठमाडौं, चैत १३ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा २०५१ चैत ५ गते भर्ना हुनुअघि प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर तत्कालीन शाही नेपाली सेनामा प्रवेश गर्न चाहन्थे। जसका लागि उनले ‘सेकेन्ड लेफ्टिनेन्ट’मा आवेदन समेत दिएका थिए। प्रारम्भिक परीक्षामा उत्तीर्ण हुँदै गएका उनी अन्तिममा पुगेर अन्तर्वार्तामा फालिए। ‘बाल्यकालदेखि नै फौजकै जागिर खाने चाहना थियो। पहिलो रोजाइ सेना […]