काठमाडौं : संसदमा निरन्तर अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजको बैठकमा पनि अवरोध कायमै राखेको छ।आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको नाम लिष्ट सभामुख अग्नि सापकोटाले सूचना प्रकाशित नगरेको भन्दै एमालेले लगातार रूपमा संसद् बैठक अवरोध गर्दै आएको छ। एमालेको अवरोधकै बीच केही बैठकहरू सञ्चालन भएका छन् भने केही बैठक स्थगित समेत हुँदै आएका थिए।आजको बैठक पनि सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर नारावाजी गर्दै संसद अवरोध गर्न बेल घेराउ गरेका छन्।आजको संसद् बैठक बस्नुअघि सभाम