श्रीलंका संकट : नयाँ राष्ट्रपतिका लागि आज निर्वाचन हुँदै

काठमाडौँ – श्रीलंकामा आज राष्ट्रपति पदको चुनाव हुँदै छ । आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउनेहरुमा श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, सांसद दुल्लस अलाहापेरुमा र सांसद अनुरा कुमारा दिसानायके रहेका छन् । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ । […]