वर्ष ७० का डमलाप्रसाद अधिकारी बेलडाँगी शरणार्थी शिविर, सेक्टर बी-३ को ३१४ नम्बर झुप्रोमा एक्लै छन् । भदौरे झरी चुहिएर ओसिलो बनेको झुप्रोको छेउकुना खोतल्दै लिएर आए, झापा जिल्ला अदालतमा श्रीमतीले गराएको एकतर्फी सम्बन्धविच्छेदको कागजात ।
काठमाडौं । गत शनिवार भदौरे झरी परिरहेका बेला काठमाडौंको मैतिदेवी मन्दिरअगाडि विक्रम शाहीसहित अन्य यूवाहरु लाखे नाच प्रदर्शनीको तयारी गर्दै थिए । तीमध्ये कोही ड्रम बजाउँदै थिए त कोही भुस्या । लाखे नाचमा ड्रम र भुस्या बजाउने गरिन्छ ।
लाखे नाच प्रदर्शन गर्ने टोलीमा रहेकामध्ये जिजस शाही दोस्रो पटक लाखे बन्दै थिए भने झ्यालिन्चा विशाल खड्गी थिए ।
त्यसको केही समयपछि मैति लाखे नाच प्रदर्शन गरियो । लामो समयदेखि बन्द भएको उक्त नाच देखेर स्थानीय दंग बने ।
स्थानीय तथा लाखे नाचसम्बन्धी जानकार एवं नाच सञ्चालनका लागि खटिएका (कृष्ण) निरव शाहीका अनुसार यो नाच २०५० सालतिर बन्द भएको थियो । यस आधारमा उक्त नाच बन्द भएको तीन दशक भइसकेको छ । आर्थिक भार र नाच निकाल्न चाहिने जनशक्ति नहुँदा त्यतिबेला उक्त नाच बन्द भएको जानकार बताउँछन् ।
तर, मैतिदेवी परिसरका स्थानीय युवा र अग्रज तथा स्थानीय मैतिदेवी युनाइटेड क्लबको जमर्काेमा र केही दातृ निकायहरूको आर्थिक सहयोगमा यो वर्ष उक्त नाच फर्किएको छ ।
यही भदौ ४ गते (नाग पञ्चमी)देखि शुरु भएको उक्त नाच जारी छ । नाच शुरु हुनुअघि ललितपुरबाट बनाइएको लाखे मुकुटको विधिअनुसार तान्त्रिक पूजा गरिएको थियो । उक्त नाचमा झुमेको छ काठमाडौं । नाच यही भदौ २० गते (कृष्ण अष्टमी)मा लाखेको वधसँगै समापन हुनेछ ।
यो वर्ष लाखे नाच प्रदर्शनका लागि १० जना र बाजा बजाउनका लागि अन्यले प्रशिक्षण गरेका छन् । उनीहरूलाई असनका अनुप खड्गीले नाच तथा बाजा प्रशिक्षण दिएका हुन् ।
नाच सञ्चालनका लागि खटिएका स्थानीय अगुवा शाहीले आगामी वर्षमा पनि नाचलाई निरन्तरता दिने बताए ।
नेवार समुदायमा विभिन्न प्रकारका नाचहरू नाचिन्छन् । तीमध्ये प्रायः नाच देवीदेवताका हुन्छन् । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठमाडौंमा देखाइन्छ ।
काठमाण्डाै - देशभर झरी परेको छ । धेरै ठाउँमा अस्तिदेखि लगातार झरी परिरहेको छ । आज र भोलि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
मधेस प्रदेशमा राति र अन्य प्रदेशका एक/दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने उहाँले जानकारी दिनुभयो ।
यस्तै, भोलि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार देश...
सप्तरी- भदौरे झरी । रातको समय । आकाश सफा नै थियो । जिल्लाको प्रसिद्ध धार्मिकस्थल – शम्भुनाथ मन्दिर । शम्भुनाथ नगरपालिका–३ स्थित सो मन्दिर परिसरमा गत शनिबार रातभर एक महिला छट्पटाइ रहिन् । पुजा सामग्री बेच्न राखिएको खाटमा करिब ३०/३२ वर्षीया ती महिला प्रसव पीडाले चिच्याइरहेकी थिइन् । स्थानीयवासी सीताराम खंगले भने ,“नवजात शिशु चिच्याइरहेको […]
काठमाडौं, भदौ १६ । मनसुनको भदौरे झरी एक–दुई दिनका लागि सामान्यतर्फ उन्मुुख भएको छ । गत हप्ता निकै सक्रिय बनेको न्यून चापीय रेखाको प्रभाव कमजोर बनेपछि एक–दुई दिनका लागि देशका अधिकांश भू-भागमा भारी वर्षा हुने छैन । बागमती प्रदेशमा अबको एक दिन अझै भारी वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार रातिदेखि कमजोर भएको प्रणालीले […]
काठमाडौं : पछिल्लो एकसाताको निरन्तरको भारी वर्षा (भदौरे झरी)का कारण देशभर १५ जनाले ज्यान गुमाएका छन्। भदौ १० पछिको बाढीपहिरामा परेर उनीहरुको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले बताए। सो अवधिमा तीन जना बेपत्ता तथा १४ जना घाइते भएको प्राधिकरणको तथ्यांक छ। भौतिक क्षतिको विवरण संकलनको क्रम भने जारी छ बताउँदै प्राधिकरणले अवरुद्ध कतिपय राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ। प्राधिकरणले दिएको जानकारीअनुसार गएको जेठ
काठमाडौँ– नेपालमा फेरि मनसुन सक्रिय भएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा मनसुन सक्रिय भएको हो । मौसम पूर्वानुमान महाशाखाले यो पटकको भदौरे झरी तराई केन्द्रित भएकाले त्यस क्षेत्रमा डुबान र कटान हुने खतरा बढेको छ । मौसमविद्का अनुसार यसपटक तराईमा केही दिन […]