कर्णाली प्रदेशमा मंगलबार थप १०७ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ । ७६ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा ३५ जना र २४१ जनामा गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यो पछिल्लो एक साताको तुलनामा निकै बढी हो । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोनाका बिरामीहरू बढ्न थालेको जनस्वास्थ्यविदहरुले बताउने गरेका छन् । सुर्खेत, दैलेखक
देशभर दैनिक २ हजार ५ सय जनाको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ ।यही अवस्थामा संक्रमण थपिँदै गए हाल रहेको स्वास्थ्य संरचनाले धान्न नसक्ने सरकारले प्रस्ट पारिसकेको छ । तर, कोरोना रोकथामको अचुक उपाय मानिएको भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइलगायत गर्न अधिकांश नागरिकले आनाकानी गर्दै आएका छन् ।त्यस्तै, नियमनकारी निकाय सरकार र राजनीतिक दलले समेत जनस्वास्थ्य मापदण्ड पालना उल्लंघन गर्दै आएका छन् । अहिले दैनिकजसो शीर्ष दलले भेला, बैठक जा
काठमाडौं : बालबालिकामा कोरोना भाइरस संक्रमण बढ्दै गएको हुँदा उनीहरूलाई अतिआवश्यक परे मात्र घर बाहिर लैजान बाल रोग विशेषज्ञ चिकित्सक संगठन नेपाल पेडियाट्रिक सोसाइटीले आग्रह गरेको छ।सोसाइटीले आज एक विज्ञप्ती निकाल्दै बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको हुँदा बालबालिकालाई सकभर घरभित्रै राख्न र बाहिर निस्कनै परे जनस्वास्थ्यको मापदण्ड पालना गर्न अभिभावकलाई आग्रह गरेको छ।सोसाइटीले जारी गरेको अपिलमा भनिएको छ – अतिआवश्यक कामबाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भीडभाडमा नलैजान