भिजिट भिसामा विदेश हिँडेका ३९ जना महिलालाई विमानस्थलबाट प्रहरीले फर्कायो

भिजिट भिसामा विदेश उड्न लागेका ३९ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको छ । भिजिट भिसा बाहक ३९ जनालाई  फिर्ता गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।धेरैजसो गल्फ र मिडल इस्टमा जान लागेका महिलाहरुले नक्कली कागजात पेश गरेर भिसा लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बुधवार बिहान विमानस्थलबाट फिर्ता गरिएकाहरूलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।भिजिट भिसामा विदेश जान सरकारले तोकेको मापदण्ड उनीहरुले पुरा नगरेको डीआईजी ज्ञ

सम्बन्धित सामग्री

भिजिट भिसा बन्यो मानव तस्करीको द्वार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ९ गते मध्यरात जजिरा विमानबाट भिजिट भिसामा दुबई जान लागेकी झापाकी ३१ वर्षीया सम्झना लिम्बू (नाम परिवर्तन) लाई प्रहरीले विमानस्थलबाट फर्कायो । हातमा पासपोर्ट, टिकट, बैङ्किङ कागजसहित २५० अमेरिकी डलर बोकेर विदेश उड्न लागेकी सम्झनासहित ३९ जना महिला भिजिट भिसाको आवरणमा इराक पु-याइँदै थिए । रोजगारको प्रलोभन देखाएर नेपाली युवतीलाई खाडी मुलुक पु¥याउने र यौनजन्य क्रियाकलापमा लगाउनका लागि बेचबिखन हुने गरेको छ ।