बर्खाले सडकमा ३ अर्बको क्षति

बर्खाका कारण आएको बाढीपहिरोले सडक पूर्वाधारमा ३ अर्ब रुपैयाँको क्षति भएको छ । असोजसम्म परेको पानीका कारण आएको बाढीपहिरोले सबैभन्दा बढी क्षति कर्णाली राजमार्गमा भएको छ । दसैंका बेला लगातार पानी परेपछि चाडबाडमा घर हिँडेकाहरू पहिरोका कारण बीच बाटोमै अलपत्र परेका थिए । अहिले पनि केही सडक ठप्प रहेको सडक विभागले जनाएको छ ।

सम्बन्धित सामग्री

सडकमा झन्डै चार अर्बको क्षति

काठमाडौं, कार्तिक ८ । यो वर्षको वर्षायामदेखि कात्तिकको बेमौसमी पानी पर्दासम्म मुलुकभरका सडक तथा पुलहरू भत्किँदा झन्डै चार अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ । जेठ मसान्तदेखि परेको पानी र कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण मुलुकभरका सडक तथा पुलहरूमा उक्त रकम बराबरको क्षति पुगेको हो । कात्तिकमा परेको अविरल वर्षाका कारण एक अर्ब […]

सडकमा झन्डै रू. ४ अर्बको क्षति

काठमाडौँ । यो वर्षको वर्षायामदेखि कात्तिकको बेमौसमी पानी पर्दासम्म मुलुकभरका सडक तथा पुलहरू भत्किँदा झन्डै रू. ४ अर्ब बराबरको क्षति पुगेको छ । जेठ मसान्तदेखि परेको पानी र कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण मुलुकभरका सडक तथा पुलहरूमा उक्त रकम बराबरको क्षति पुगेको हो । कात्तिकमा परेको अविरल वर्षाका कारण रू. १ अर्ब ५ करोड बराबरको क्षति भएको छ । क्षतिको विवरण थप आउँदै गरेको हुँदा यो रकम पनि बढ्ने सडक विभागको आकलन छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले क्षतिको विवरण प्राप्त भए पनि अझै केही स्थानहरूबाट थप क्षति भएको विवरण आइरहेको हुँदा यो रकम बढ्न सक्ने बताए । यसअघि जेठ मसान्तदेखि परेको झरीका कारण सडक पूर्वाधारहरूमा रु. २ अर्ब ४० करोडसम्मको क्षति भएको थियो । यस समयमा १०० भन्दा बढी सडकहरू र २६ ओटा पुलहरूमा क्षति पुगेकोे थियो । थप क्षतिको विवरण आउने क्रममा रहेकाले क्षति बढ्ने प्रारम्भिक आकलन गरिएको उनको भनाइ छ । ‘यो वर्ष क्षति रू. ४ अर्ब नजिक पुग्ने देखिएको छ,’ उनले भने, ‘पश्चिम नेपालका बझाङलगायतका क्षेत्रहरूमा टोली पुग्नै सकेको  छैन, यसले गर्दा पनि पूर्ण विवरण आइपुग्दासम्म कुल क्षति बढ्ने देखिन्छ ।’ यस वर्ष ८० वर्षपछि कात्तिक महीनामा धेरै पानी परेको मौसम विभागले बताउँदै आएको छ । जलवायु परिवर्तनले पानी पर्ने प्याटर्न नै बदलिएको छ । यस्तोमा जथाभावी खनिएका सडकहरूका  कारण वर्ष सडक तथा यातायात पूर्वाधारमा ठूलो क्षति भएको नेपाल बताउँछन् । ‘अहिले नदीमा बढेको पानीको सतहले पुलहरूलाई छोएको छ,’ उनले भने, ‘पानीका साथै नदीले एप्रोच सडक पनि पार गरेको अवस्था छ । तराईतिर प्राकृतिक बहावका ठाउँहरू र खोल्साखाल्सीहरू मिचेर प्लटिङ गर्ने, पर्खाल लगाउने आदि गरिएकाले तराई अब सधैँ डुबानमा पर्छ ।’ तराईमा अधिक मात्रामा सडकहरू बनिरहेको भन्दै उनले प्राकृतिक रूपमै नदी तथा पानीको बहाव नियन्त्रण र व्यवस्थापन गर्न जरुरी भएको उनले बताए । कात्तिक पहिलो साताकै केही दिनमा परेको अविरल वर्षाका कारण मुलुकभरका विभिन्न १९ स्थानका सडकहरूमा क्षति पुगेको छ, भने पुलहरू पनि भासिएका  छन् । सडक विभागका अनुसार यस अवधिमा मुलुकभरका विभिन्न स्थानका सडक तथा पुलमा रू. १ अर्बभन्दा बढीको क्षति भएको छ । यसअघि जेठ मसान्तदेखि परेको वर्षाका कारण पनि सडक तथा पुलहरूमा ठूलो क्षति पुगेको थियो । कात्तिकमा परेको वर्षाबाट कालिकोट, सिन्धुली मनाङ, सल्यान, प्युठान, धनकुटा, बझाङ, दार्चुला, ओखलढुंगा, स्याङ्जा, डोटी, डडेलधुर र बैतडी जिल्लाका सडकमा क्षति पुगेको छ । यसमध्ये डुम्रे–बेशीसहर–चामे सडक खण्डको मनाङ जिल्लाका ३ स्थानका सडकहरू हालसम्म पनि अवरुद्ध रहेका छन् । यी सडक कात्तिक २ गतेदेखि नै अवरुद्ध छन् । भारी वर्षाका कारण मध्यपहाडी राजमार्गको सिन्धुली, सिद्धार्थ राजमार्ग, धनगढी–सहजपुर–बुडर–स्याउले, सतबाँझ–थाकतोली–दार्चुला–टिंकर सडकलगायतका स्थानहरूका सडकमा क्षति पुगेको छ ।

बेमौसमी वर्षाका कारण सात अर्बको धान र सडकमा एक अर्ब बढीको क्षति

मनसुन सकिएर हिउँद लाग्ने बेला अनि देश नै दशैंमा झुमिरहेका बेला भएको बेमौसमी वर्षाका कारण मुलकभर ७ अर्ब बढीको धानखेती क्षति भएको छ । त्यस्तै बाढी र पहिरोले राजमार्गहरुमा एक अर्ब ५ करोडको क्षति भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले १ अर्ब ५ …

बाढीपहिरोबाट सडक र पुलमा ३ अर्बको क्षति

काठमाडौं । यस वर्षको बर्खायाममा आएको बाढीपहिरोका कारण सडक र पुल भत्किँदा ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । सडक विभागको प्रारम्भिक तथ्यांकअनुसार २ महिना अवधिमा सडकमा २ अर्ब २० करोड र पुलमा भने ८० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । जेठ मसान्तदेखि साउन मसान्तसम्मको अवधिमा मुलुकभरका विभिन्न सडक खण्ड र २६ ओटा पुलहरूमा आंशिक तथा पूर्णरूपमा गरी उक्त मूल्य बराबरको क्षति भएको हो । विभागका प्रवक्ता शिवप्रसाद नेपालले यो वर्षको बाढी र पहिरोका कारण सडक तथा पुलमा ठूलो क्षति पुगेको बताए । सार्वजनिक निकायको मात्रै नभएर निर्माण व्यवसायीले निर्माण गर्दै गरेका आठओटा पुलहरूमा भएको क्षति समावेश गरी प्रारम्भिक अनुमान गरिएको नेपालको भनाइ छ । अहिले विभागले अत्यावश्यक देखिएका स्थानका सडकहरूमा तुरुन्त सम्बन्धित सडक डिभिजन कार्यालयहरूमार्फत काम गरिरहेको प्रवक्ता नेपालले बताए । तर, ठूलो मात्रामा क्षति भएर पुनर्निर्माण तथा पुनःस्थापना नै गर्नुपर्ने सडक तथा पुलका लागि भने समय लाग्ने उनले बताए । बाढीपहिरोबाट क्षति भएका सडक र पुलहरूको पुनर्निर्माण तथा पुनःस्थापना गर्न विभागले विगत वर्षहरूदेखि नै छुट्टै बजेट माग गर्दै आए पनि व्यवस्था हुन सकेको छैन । विभागले नियमित बजेट तथा आवधिक मर्मतसम्भारका लागि आउने बजेटबाटै यसरी क्षति भएका संरचनाको निर्माण गर्दै आएको नेपालले बताए । अहिले सडक बोर्ड नेपालको समन्वयमा विभिन्न सडक डिभिजन कार्यालयहरूलाई विभागले ११ करोड बजेट उपलब्ध गराएको छ । यो बजेट आकस्मिक मर्मतसम्भारका लागि उपलब्ध गराइएको विभागले जानकारी दिएको छ । तत्काल सञ्चालन गर्नुपर्ने सडकहरू अस्थायी रूपमा सञ्चालनमा ल्याउन र पुलहरू पनि यसरी नै बनाउन उक्त बजेट उपलब्ध हुन्छ । विभागका अनुसार हालसम्म मुलुकभरका १६९ स्थानका सडकमा क्षति भएको छ । त्यसमध्ये हालसम्म ९ ओटा सडक खण्ड अवरुद्ध छन् भने एकतर्फी सञ्चालनमा आएका सडकको संख्या १०४ रहेको छ । दुवैतर्फ सञ्चालन भएका सडक भने ५६ ओटा छन् । मनाङ, सिन्धुपाल्चोक, लमजुङ, नुवाकोट र रसुवाका विभिन्न सडक खण्ड अझै पनि अवरुद्ध छन् । बाढीपहिरोका कारण सबैभन्दा बढी सडक अवरुद्ध भएको जिल्ला मनाङ हो । जिल्लामा ६ स्थान हालसम्म अवरुद्ध छन् । बाढीपहिरोले बेली बिज्र तथा सडकको ट्र्याक बगाउनुका साथै ठूलो ढुंगासहितको पहिरोका कारण ती स्थान अहिले पनि अवरुद्ध रहेका हुन् । बाढीपहिरोले विभिन्न राजमार्गका सडक खण्डहरूमा क्षति पुगेकोमा अधिकांश स्थानमा अहिले एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा ल्याइएको छ । बाढीले क्षति पुर्‍याएका पाल्पा, बाजुरा, बैतडीलगायतका सडकमा एकतर्फी रूपमा यातायात सञ्चालन भएको हो ।

वर्षाका कारण सडक पूर्वाधारमा दुई अर्बको क्षति

पूर्वतयारी र अध्ययनविना राजनीतिक दबाबमा बनेका तथा प्राकृतिक दोहन भएका क्षेत्रका सडकमा बढी क्षति भएको छ ।शिवप्रसाद नेपालउपमहानिर्देशक, सडक विभाग अध्ययन अनुसन्धान र प्राविधिक रूपमा सफल हुने पूर्वाधारलाई मात्र जोड दिनुपर्छ र यसका लागि राजनीतिक दबाब, प्रभावलाई पनि निरुत्साहित गर्न सक्नुपर्छ ।सुमन शर्मा, पूर्वसचिव जारी वर्षा सिजनमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले मुलुकका विभिन्न १३० […]

नासोँमा बाढीपहिरोबाट एक अर्बको क्षति

मनाङ – अविरल वर्षासँगैको बाढीपहिरोबाट जिल्लाको नासोँ गाउँपालिकामा जलविद्युत् आयोजना र सडक भत्किँदा एक अर्बभन्दा बढीको भौतिक क्षति भएको छ। जेठ १४ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट गाउँपालिकामा एक अर्ब एक करोड ८३ लाख बराबरको सार्वजनिक भौतिक सम्पत्तिमा क्षति भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका सूचना अधिकारी गोविन्द रानाभाटका अनुसार सबैभन्दा धेरै सडकमा ८३ […]