सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण दोब्बर बढेको छ ।
बिहीवार एकैदिन १२० जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि बुधवार ५५ जनामा मात्रै संक्रमण देखिएको थियो । गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट १ हजार ३६८ जनाको नमूना परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआरमार्फत १२ र एन्टिजेनमार्फत १०८ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा १० र सेती प्रादेशिक अस्पतालमा २ र एन्टिजेनमार्फत कञ्चनपुरका ६०, कैलालीका ४७ र बैतडीका १ जनामा संक्रमण पुष्टि भएक...