सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १६ बाट बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । प्रदेशसभाको १० औं अर्थात बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा। रणबहादुर रावलले बताए । उनका अनुसार ३ बजे बैठक बोलाउन निर्णय गरिएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आव्हान तथा अन्त्य गर्ने संवैधानिक