डलर भाउ ओर्लिने क्रम जारी, १ बराबर १११.८० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ दुई दिनदेखि आरोलो लागिरहेको छ । मुलुकको केन्द्रीय बैंकले आज

सम्बन्धित सामग्री

श्रीलंकामा ४२० रुपी पुग्यो प्रतिलिटर पेट्रोलको भाउ, डिजेल ४०० रुपी

जेठ १०, कोलम्बो (श्रीलंका) । श्रीलंकामा पेट्रोलको भाउ प्रतिलिटर ४२० रुपी ( करीब १४५ रुपैयाँ नेपाली) पुगेको छ । त्यहाँ मंगलवार सरकारले पेट्रोलको भाउ २४ दशमलव ३ प्रतिशतले बढाएर सो स्तरमा कायम गरेको हो । एक लिटर पेट्रोलका लागि यति धेरै मूल्य तिर्नु परेको इतिहासमै पहिलो पटक हो ।  डिजेलको भाउ पनि ४०० रुपी (करीब १३८ रुपैयाँ नेपाली) कायम गरिएको छ । यो अघिल्लो दिनको भन्दा ३८ दशमलव ४ प्रतिशत धेरै हो । डिजेलको भाउ पनि अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । पेट्रोल र डिजेलको भाउमा गरिएको यो अहिलेसम्मकै उच्च वृद्धि हो । यो अप्रिल १९ यता इन्धनको भाउमा गरिएको दोस्रो वृद्धि हो । सरकारी इन्धन कम्पनी सिलोन पेट्रोलियम कर्पोरेशन (सीपीसी) अक्टेन ९२ पेट्रोलको भाउ प्रतिलिटर ८२ रुपि बढाइएको छ । डिजेलको भाउ चाँहि प्रतिलिटर १११ रुपयाँ बढाइएको छ । मूल्य वृद्धिमा आयात, अनलोड, स्टेशनमा वितरण र करसमेत सबै समावेश गरिएको छ । इन्डियन आयल निगम (आईओसी) को श्रीलंकाली सहायक कम्पनी लंका आईओसीले इन्धनको खुद्रा मूल्य पनि बढाएको छ । सीपीसीले गरेको मूल्य वृद्धिसँग बराबरी गर्ने गरी सो कम्पनीले पनि भाउ बढाएको हो । पछिल्लो समय श्रीलंका यसअघि कहिले नदेखिएको आर्थिक संकटमा जकडिएको छ । आयातका लागि डलर नभएपछि अत्यावश्यक लगभग सबै वस्तुको अभाव छ । घण्टौं बिजुली काटिइरहेको छ भने खाद्य वस्तुको भाउ आकाशिएको छ । महँगी ४० प्रतिशतसम्म बढेको छ । औषधिको चरम अभाव छ । रुपीको भाउ घट्ने क्रम जारी छ । एजेन्सीहरु

सुनको भाउ उकालो लाग्ने क्रम जारी, पुग्यो तोलाकै १ लाख ३००

चैत २७, काठमाडौं । साताको पहिलो दिन आतवार सुनको मूल्य १ लाख रुपैयाँ नाघेको छ । यो दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको हो। यस्तै, अघिल्लो कारोबार दिन अर्थात् शुक्रवार भने सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरि, आइतवार चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँमाा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रुपैयाँमा किनबेच भएको थियो  । आइतवार अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९४७ डलर ५६ सेन्टसम्म पुगेको छ । त्यसैगरी, यो दिन अमेरिकी डलरको मूल्यमा भने स्थिरता कायम भएको छ । आज एक अमेरिकी डलरको विक्रीदर १२१ रुपैयाँ ७४ पैसा कायम भएको छ । अघिल्लो कारोबार दिन पनि डलर सोही मूल्यमा कारोवार भएको थियो ।

अमेरिकी डलर ११४.६० रुपैयाँ पुग्यो

काठमाडौं । अमेरिकी डलरको भाउ बढ्ने क्रम जारी छ । यसअघि तीन दिन स्थिर रहेको भाउ मंगलबारबाट बढ्न थालेको थियो ।

चार दिनदेखि अमेरिकी डलरको भाउ ओरालो, १ बराबर १११.८३ रुपैयाँ

काठमाडौं । चार दिनदेखि अमेरिकी डलरको भाउ घट्ने क्रम जारी छ । गत मंगलरबारबाट घट्न सुरु गरेको डलर भाउ आज शुक्रबार १