पाकिस्तानी सर्वोच्च अदालतमा महिला न्यायाधीश

इस्लामावाद : लाहोर उच्च अदालतकी न्यायाधीश आयशा मलिक पाकिस्तानको सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश बनेकी छन्। उनले सोमबार शपथ लिने तय भएको छ।पाकिस्तान जस्तो कट्टर मुस्लिम देशको इतिहासमा सर्वोच्च अदालतमा महिला न्यायाधीश हुनु महत्त्वपूर्ण क्षण भएको बताइएको छ।शुक्रबार राष्ट्रपति आरिफ अल्वीले न्यायाधीश मलिकको बढुवालाई अनुमोदन गरेका थिए र उनको नियुक्ति शपथ लिनेबित्तिकै लागू हुनेछ।सर्वोच्च अदालतमा नियुक्तिसम्बन्धी द्विदलीय संसदीय समितिले ५५ वर्षीया न्यायाधीशलाई बढुवा गर्न अनुमोदन गरेको दुई दि