नेपालको वित्तीय तथा मौद्रिक प्रणालीका प्रणेताको अवसान

काठमाडौं । नेपालको पहिलो अर्थमन्त्री सुवर्ण शमशेर । २००७ को राजनीतिक परिवर्तनपछि अर्थमन्त्री बनेका सुवर्णलाई अर्थ मन्त्रालयमा स्नातकोत्तर उत्तीर्ण गरेका व्यक्ति चाहिएको थियो । तत्कालीन समयमा नेपालमा स्नातकोत्तर गरेका व्यक्ति जम्मा चार जना थिए । ती चारै जना– हिमालय शमशेर राणा, लीलाप्रसाद लोहनी, परीक्षितनरसिंह राणा र कृष्णराज भण्डारीलाई अर्थ मन्त्रालयमा जिम्मेवारी दिइयो । काम थालेको २ महीनामा कार्यसम्पादनका आधारमा हिमालय शमशेरलाई अर्थसचिव बनाइयो । अर्थसचिवका रूपमा सरकारको आयव्यय विवरणसहित वार्षिक बजेट तयार गर्ने कामको नेतृत्व हिमालयले पाए । २०१२ साल वैशाख १४ गते देशको केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंक स्थापना गर्दा पहिलो गभर्नरको जिम्मेवारी पनि राणालाई नै दिइयो । नेपालमा भारतीय मुद्रा –भारू) को दबदबा रहेकै बेला गभर्नरको जिम्मेवारी पाएका राणाको नेतृत्वमा भारू र नेपाली रुपैयाँबीच सटही दर तोक्ने काम भयो । यसले नेपाली रुपैयाँ चलनचल्तीमा ल्याउन जग बसाल्ने काम गर्‍यो । सरकारको बजेट तयार गर्ने तथा नेपाली नोट चलनचल्तीमा ल्याउन नेतृत्व गर्ने तिनै राणाको आइतवार निधन भएको छ । २०८४ पुस २४ गते जन्मिएका राणाले दरबार हाइस्कूलबाट विद्यालय शिक्षा, त्रिचन्द्र कलेजबाट आईएस्सी तथा भारतको बम्बई युनिभर्सिटीबाट स्नातकोत्तर गरेका थिए । ९५ वर्षको उमेरमा पनि सक्रिय जीवन बिताइरहेका राणा अध्ययन, अनुसन्धान तथा लेखनमा सक्रिय थिए । केही महीनाअघि मात्र आर्थिक अभियान दैनिकसँगको अन्तरवार्तामा उनले नेपालीमा आत्मकथा र अंग्रेजीमा ‘क्रोनिकल अफ दी राणाज्’ पुस्तक लेखनमा सक्रिय रहेको बताएका थिए । पुस्तक प्रकाशनको अन्तिम तयारी चलिरहेका बेला निमोनिया संक्रमणका कारण केही दिनअघि उनलाई अस्पताल भर्ना गर्नुपर्‍यो । आइतवार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो । बजेटको शुरुआत अर्थसचिवका रूपमा राणाले काम शुरू गर्दा सरकारको आम्दानी र खर्चदेखि सबै कुरा गोप्य राख्नुपर्ने अवस्था थियो । त्यो बेला सामन्ती अर्थव्यवस्था थियो । उक्त समयमा राणाले अर्थ मन्त्रालयमार्फत सरकारको आम्दानी र खर्च सार्वजनिक गर्ने कामको नेतृत्व गरे । देश विकासका लागि पैसा चाहिने भए पनि सरकारसँग आयस्रोत केही थिएन । मालपोतबाट मात्रै कर संकलन हुन्थ्यो । कर संकलन हुने भन्सार अड्डाहरू समेत व्यवस्थित थिएनन् । राणाले नै भन्सार कार्यालयहरूलाई आधुनिक र व्यवस्थित गर्ने काम शुरू गर्नुका साथै भन्सार विभाग र आयकर विभाग खोल्न पहल गरे । ‘अहिले पनि धेरैले सरकारको आम्दानी र खर्च पारदर्शी गराउने काम तिमीले नै गरेको हो भन्छन्,’ आर्थिक अभियानसँगको कुराकानीमा उनले भनेका थिए, ‘यो सुन्दा मैले त्यसबेला राम्रो काम गरेको रहेछु भन्ने लाग्छ ।’ पहिलो गभर्नर राणालाई राजा महेन्द्रले नै पहिलो गभर्नरको जिम्मेवारी दिएका थिए । नेपाल राष्ट्र बैंक स्थापनाको मुख्य उद्देश्य नै नेपालमा नेपाली रुपैयाँको चलनचल्ती बढाउनु थियो । त्यसका लागि राणाले गभर्नरका रूपमा नेरू–भारूको सटहीदर कायम गरे । उक्त समयमा नेपालमा नेपाली रुपैयाँ चलाउन सकस रहेको र नेरू–भारू सटहीदर कायम नै गर्न सकिँदैन भन्ने अवस्थामा सटहीदर कायम भएपछि नेपालको अर्थव्यवस्था एकीकृत एवं सुरक्षित भएको राणाले अभियानसँग बताएका थिए । उनले शुरू गरेको भारूसँगको स्थिर विनिमयदर आज पनि कायमै छ । आफ्नै सक्रियतामा केन्द्रीय बैंक स्थापना भए पनि पछि राजा महेन्द्रले नै कांग्रेसी भएको आरोप लगाएर उनलाई कार्यकालअघि नै बर्खास्त गरे । नेपाल राष्ट्र बैंकले आइतवार शोक वक्तव्य जारी गर्दै राणाले नेपालमा मौद्रिक एवं बैंकिङ पूर्वाधार निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ । ‘नेपाली अर्थतन्त्रको दिगो विकासका निम्ति केन्द्रीय बैंकको गभर्नरका रूपमा उहाँले नेपाली नोट चलनचल्तीमा ल्याउने, नेपाली रुपैयाँको भारतीय मुद्रासँग विनियमदर कायम गर्ने, नेपालमा बैंकिङ प्रथाको विकास गर्नेजस्ता गहन तथा आधारभूत मौद्रिक बैंकिङ पूर्वाधार निर्माण गर्नुभएको थियो,’ राष्ट्र बैंकको वक्तव्यमा उल्लेख छ । यूएनको जागीरदेखि हिमालयन बैंकको संस्थापकसम्म राष्ट्र बैंकबाट बर्खास्तीमा परेपछि राणालाई परिवार कसरी चलाउने भन्ने चिन्ता भयो । त्यसपछि उनले आफूले आवेदन दिएर सन् १९६२ देखि १९८६ सम्म श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बर्मा, अमेरिकालगायत देशमा रहेर संयुक्त राष्ट्रसंघमा काम गरे । राष्ट्रसंघको जागीर छोडेपछि नेपालमै केही गर्नुपर्छ भनेर उनले सन् १९८७ मा गोर्खा ब्रुअरी उद्योग खोले । त्यसपछि सन् १९९३ मा पाकिस्तानको हबिब बैंकसँग मिलेर हिमालयन बैंक स्थापना गरे । हिमालयन बैंकको संस्थापक अध्यक्ष राणा नै हुन् । वृद्धावस्थामा पनि उनी अध्ययन र लेखनमा सक्रिय थिए । नेपालमा अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको इतिहास बुझ्न चाहनेका लागि उनी जिउँदो इतिहास नै थिए । नेपाली अर्थतन्त्रको विकासमा राणाले पुर्‍याएको योगदानको कदर गर्दै न्यू बिजनेश एज प्रालिले राणालाई यस वर्ष लाइफटाइम अचिभमेन्ट इन बिजनेश लिडरशिप अवार्ड प्रदान गरेको थियो । स्वर्गीय राणाका दुई छोरी र दुई छोरा छन् ।

सम्बन्धित सामग्री

मौद्रिक र वित्तीय नीतिबीचको अन्तरसम्बन्ध

अर्थ मन्त्रालयले बजेटमार्फत वित्तीय नीति र मौद्रिक नीति घोषणा गरेको छ । बजेटमार्फत आएको वित्तीय नीतिलाई डोर्‍याउने गतिशीलता दिने काम मौद्रिक नीतिले गर्ने भएकाले यसमा उच्च रोजगारी, आर्थिक वृद्धि, मूल्य स्थिरता,...

वित्तीय गहिराइ मापनका लागि सर्वेक्षण गरिने

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्था समेतलाई समेटेर वित्तीय गहिराइ मापन गर्न वित्तीय सर्वेक्षण गर्ने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा उक्त घोषणा गरेको हो । ‘वित्तीय गहिराइ मापनका लागि बैंक तथा वित्तीय संस्थाको अतिरिक्त लघुवित्त वित्तीय संस्था, बीमा कम्पनी, नागरिक […]

मौद्रिक नीति खुकुलो भए वित्तीय सहजता: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाए अर्थतन्त्रलाई वित्तीय सहजता हुने बताएका छन्।...

‘वित्तीय स्थायित्व कायम गर्न सक्दैन’

संकुचित मौद्रिक नीतिसँगै त्रैमासिक समीक्षाले समेत वित्तीय क्षेत्रमा देखिएको समस्या सम्बोधन गर्न नसक्ने चेम्बरको ठहर छ।...

वर्तमान मौद्रिक नीति र यसको कार्यदिशा

मुलुकको आर्थिक नीति वित्तीय नीति र मौद्रिक नीतिमा निर्भर गर्छ । वित्तीय नीति बजेटमार्फत मुखरित भइरहेको हुन्छ । मौद्रिक नीति केन्द्रीय बैंकले वित्तीय नीति सार्वजनिक भइसकेपछि सार्वजनिक गर्छ । मौद्रिक नीति मुद्राको माग र आपूर्तिलाई व्यवस्थापन गर्नका लागि वार्षिक रूपमा नेपाल राष्ट्र बैंकले ल्याउने गर्छ ।नेपाल राष्ट्र बैंकले भर्खरै आर्थिक वर्ष २०७९/०८० का लागि मौद्रिक […]

वित्तीय र मौद्रिक नीतिको सहक्रिया

देशको आर्थिक अवस्थालाई स्थायी र गतिशील बनाई राख्न मुख्य रूपमा वित्तीय र मौद्रिक नीतिको महत्वपूर्ण भूमिका रहन्छ । वित्तीय नीति सार्वजनिक बजेटमार्फत जारी गरिन्छ भने मौद्रिक नीति केन्द्रीय बैंकले जारी गर्छ । सार्वजनिक वार्षिक बजेटलाई वित्तीय नीतिको रूपमा चिनिन्छ । वित्तीय नीतिले लिएको समग्र आर्थिक विकास, आर्थिक स्थायित्व, व्यापार व्यवसायको लगानी, भुक्तान सन्तुलन, बचत र […] The post वित्तीय र मौद्रिक नीतिको सहक्रिया appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मौद्रिक नीति र वित्तीय नीतिका सकस

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा अर्थतन्त्रमा सहज परिस्थिति नै रहने आकलन गरेर ल्याएका कारण मौद्रिक नीति ल्याउँदा समस्या बढ्ने देखिएको छ । सरकारले आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य तोकेअनुरूप त्यसलाई सघाउन ल्याउने मौद्रिक नीतिले कर्जा विस्तार गर्न सक्ने अवस्था नभएका कारण पनि मौद्रिक नीतिलाई सकस भएको हो । सरकारले आगामी आर्थिक वर्षको आर्थिक वृद्धि ८ […]

वित्तीय क्षेत्रका समस्या समाधानमा मौद्रिक नीतिको आशा

नेपाल राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । यसै सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार पोखरामा आउटिङसहितको आगामी मौद्रिक नीतिको छलफल पनि गरेको छ । वास्तवमा केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थाहरूबीच नियमित रूपमा छलफल गर्नु स्वाभाविक नै हो । तैपनि यसपटक कर्जा प्रवाहको दर तथा प्रतिफलमाथि प्रश्न उठेको […]

वित्तीय संघीयतामा मौद्रिक नीति

मौद्रिक नीतिले मुद्राको निष्कासन, आपूर्ति, ब्याजदर, विनिमय दर निर्धारणलगायत मुद्रा व्यवस्थापनसँग सम्बन्धित विभिन्न दिशानिर्देश गर्ने हुँदा यो मुद्राको माग र आपूर्तिको बीचमा समुचित सन्तुलन कायम गरी समष्टिगत आर्थिक स्थायित्व र...

उदारीकृत वित्तीय प्रणालीमा कस्तो मौद्रिक नीति— २

मौद्रिक नीति तथा बैंकिङ क्षेत्रसम्बन्धी विचलन, समस्या तथा सुझावहरू : माथिको पंक्तिमा उल्लेख गरिएअनुसार वित्तीय उदारीकरण-सुधारपश्चात् नेपालको बैंकिङ क्षेत्रले फड्को मार्दैै दक्षिण एसिया क्षेत्रमा अग्रपंक्तिमा रहेकोमा केही वर्षदेखि बैंकिङ क्षेत्रमा मौद्रिक तथा बैंकिङ नीति कार्यान्वयन क्रममा केही विचलन, समस्या तथा चुनौतीहरू टड्कारो रूपमा देखा परेका छन् :१. वित्तीय उदारीकरण नीतिको मर्मविपरीत नेराबैंकले आठ–नौ वर्षदेखि मौद्रिक […]