महोत्तरी : जलेश्वर नगरपालिका–३ खैरागाउँमा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ। बुधबार साँझ किशोर सदाकी छोरी ६ वर्षीया आँचलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।बालिकाको शव परीक्षणका लागि गएराति नै प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ।