नेकपा एमाले दैलेखको सातौं अधिवेशन अन्तर्गत बुधबार पुनः अधिवेशन सुरू भएको छ । गत पुसका लागि तय भएको अधिवेशनमा प्रतिनिधिको संख्याभन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।बिहान आठ बजे सुरू भएको मतदान कार्यक्रम शान्तिपूर्ण रहेको नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले बताए । उनले भने, ‘मत परिणाम आजै आउने छ ।’अधिकांश स्थानीय तहबाट भूगोल तर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता) संख्या सात सय २१ रहेको छ । अघि