माओवादी केन्द्रको अबको संगठन : निर्वाचित नेतृत्व, चुस्त कमिटी

चार हजार भन्दा बढी केन्द्रीय सदस्य बनाएको कुनै बेला बदनामी कमाएको माओवादी केन्द्रले अब निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटी बनाउने भएको छ । माओ दिवसको दिनमा सुरु गर्ने गरी पौष ११–१३ सम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने तयारीमा रहेको माओवादी केन्द्रले संख्या घटाउन लागेको हो ।