गभर्नरले फेरि गरे कडा मौद्रिक नीतिको संकेत, भन्छन् 'सबैले सहन सक्नु पर्छ'

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले मुलुकको अर्थतन्त्रको माग र समय अनुसार मौद्रिक नीति आउने दाबी गरेका छन् । आईतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव  कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले त्यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र वाह्य क्षेत्र व्यवस्थापन गर्नेगरी नीति आउने बताए । गभर्नर अधिकारले गभर्नर वा निजी क्षेत्रको माग भन्दा पनि मुलुकको अर्थतन्त्रको मागलाई सम्बोधन गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए । उनले अर्थतन्त्रलाई स्थिर बनाउनुपर्ने अवस्था रहेको भन्दै अर्थतन्त्र अस्थिर भए समस्या आउने भएकाले अर्थतन्त्रलाई सुधार गर्नेगरी मौद्रिक नीति आउने स्पष्ट पारे । गभर्नर अधिकारीले अहिलेको अर्थतन्त्रको माग अनुसार मौद्रिक नीति ल्याउने विषयमा राष्ट्र बैंकको टिमले सुक्ष्म रुपमा तथ्यांक विश्लेषण गरिरहेको बताए । उनले निजी क्षेत्रले व्यवसाय सहज हुनेगरी नीतिको अपेक्षा गर्नु राष्ट्र बैंकले स्वभाविक रुपमा लिएको बताए । गभर्नर अधिकारीले अर्थतन्त्र सुधार गर्दा सरकारको लक्ष्य अनुसार राजश्व संकलन नहुने, व्यवसायीहरू मार्कामा पर्ने संकेत गरे । उनले महासंघले दिएका सुझावलाई मौद्रिक नीतिमा समेट्ने प्रतिवद्धता जनाए ।उनले भने,‘ अहिलेको अर्थतन्त्रको अवस्था सुहाउने मौद्रिक नीति ल्याउँदा हामी सबैले केही सहनुपर्ने हुनसक्छ । एउटा रेगुलेटर भएको हिसावले सहनुपर्ने हुनसक्छ । बैंकका ग्राहक निजी क्षेत्रले सहनुपर्ने हुनसक्छ । बैंकहरुले सहनुपर्ने हुनसक्छ । राज्यको राजश्वहरु घट्न सक्ला,त्यो खालको चुनौती छ त्यो सहनुपर्ने हुनसक्छ । यो सहँदा हामीले हाम्रो अर्थतन्त्रलाई सही ठाउँमा नै जानसक्छौं भने सहन गाह्रो मान्नुहुँदैन । यसमा हामी सबै तयार हुनुपर्छ । समय र अर्थतन्त्रको माग के हो । त्यो अनुसारको पोलिसी आउने हो । गभर्नर महाप्रसाद अधिकारलाई के लाग्छ दिमागमा त्यो पोलिसी आउने होइन । निजी क्षेत्रले के माग गर्नुहुन्छ त्यो आउने होइन । पोलिसीमा राष्ट्र बैंक स्पष्ट छौं । हाम्रो टेक्नीकल टिमले काम गरिरहेको छ । अर्थतन्त्रको माग अनुसार मौद्रिक नीति लिएर आउँछौं । त्यो ल्याउँदा कुनैपनि क्षेत्रलाई सम्बोधन गर्नुपर्ने हुन्छ । त्यो कसरी सम्बोधन गर्ने छलफल भइरहेको छ । हामी सबैलाई थाहा छ, एक खालको चुनौतीपूर्ण अवस्थामा छौं । अवस्था चुनौती नै छ । यो अवस्था वाह्य क्षेत्रबाट आएको छ । वाह्य क्षेत्रको व्यवस्थापन गर्नु चुनौती रहेको छ । यो चुनौतीले बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रमा कुनै किसिमको अस्थिरता निम्त्याउने हो की त्रास,डर र चुनौती हामीमा छ । समस्या समाधानको लागि सरकार,राष्ट्र र निजी क्षेत्रबाट भइरहेका छन् । पहिलो कुरा अर्थतन्त्रमा स्थायीत्व हुनुप¥यो । त्यसभित्र हामी सबै अटाउँछौं  काम गर्न पाउँछौं । प्रणालीमा अस्थिरता आयो भने त्यहाँ काम गर्दा धेरै किसिमका समस्या आउन सक्छन् । निजी क्षेत्रले सरकारले आफ्नो अनकुलको नीति ल्याइदिए हुन्थ्यो भन्नु स्वाभाविक हो ।’गभर्नर अधिकारीले अर्थतन्त्रमा स्थयीत्व हुनुपर्ने उल्लेख गर्दै स्थयित्व कायम गरेर सबै क्षेत्रलाई समेट्ने मौद्रिक नीति ल्याउने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित सामग्री

मौद्रिक नीति ४ बजे सार्वजनिक हुने, ब्याजदर बढ्ने

चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकले आज दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो।राष्ट्र बैंकको आज बिहान बसेको संचालक समितिको बैठकले  मौद्रिक नीति पारित गरेको छ ।  अब आवश्यक तयारी पुरा गरेर राष्ट्र बैंकले दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको छ  ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवालाई हिजो बिहिबार नै मौद्रिक नीतिबारे ब्रिफिङ गरिसकेका छन् । आगामी मौद्रिक नीतिलाई चासोका साथ हरिएको छ । राष्ट्र बैंकका गभर्नरले पटक पटक कडा मौद्रिक नीति ल्याउने बताईरहेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा  उनले देशको अवस्था,  आवश्यकता र परिस्थिति अनुसार नीति ल्याउने बताउने गरेका छन् । उनले बढ्दो मूल्यवृद्धिलाई रोक्न भए पनि ब्याजदर बढाउनु पर्ने तथा कोभिडको बेला दिइएको सहुलियत बन्द गर्नु पर्ने बताउदै आएका छन् । उनले अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने गरि मौद्रिक नीति आउने र त्यस्तो नीति आउँदा सबैले आ-आफ्नो ठाउमा केहि सहनु सक्नु पर्ने हुन सक्ने बताउने गरेका छन्। अर्थतन्त्रलाई ठिक ठाउँमा लैजानको केहि सहनु पर्दा अप्ठेरो मान्न नहुने उनले दोहोर्याउने गरेका छन् । त्यस्तै शेयर लगानीकर्ताहरुले शेयर धितोकर्जामा लगाईएको ४/१२ को सीमा पुनरावलोकन गर्नु पर्ने माग गर्दै आएका छन् । लगानीकर्ताहरु ४/१२ को सीमा शेयरधितो कर्जाको जोखिम भारको विषयलाई मौद्रिक नीतिले सम्बोधन गर्ने अपेक्षामा छन् । कस्तो आउदै छ मौद्रिक नीति ?राष्ट्र बैंकले कडा मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले  ब्याजका नीतिगत दरहरु बढाउने तयारी गरेको छ ।  त्यस्तै कर्जा प्रवाह बढ्न नदिने गरि मौद्रिक नीति आउने स्रोतले जनाएको छ । २०७६ सालको चैतमा स्थगत गरेको काउन्टर साइक्लिकल बफर फेरि लागु गर्ने राष्ट्र बैंकको तयारी छ । त्यस्तै कोभिडकालमा प्रदान गरिएको सेवा सुविधा हटाउने बताईएको छ ।

मौद्रिक नीतिको तयारी: राष्ट्र बैंकको बोर्ड बैठक बोलाईयो

चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीतिबारे छलफल गर्न नेपाल नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठक बोलाईएको छ । शुक्रबार बिहान ८ बजेको लागि राष्ट्र बैंकको  बोर्ड बैठक बोलाईएको हो ।बोर्ड बैठकमा छलफल भएर पारित भए शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । यद्यपि बोर्ड बैठकले थप समय लिएमा शुक्रबार मौद्रिक नीति नआउँन सक्छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवालाई आज मौद्रिक नीतिबारे ब्रिफिङ गरिसकेका छन् । यस संगै  अब राष्ट्र बैंकको संचालक समितिले पारित गरेको खण्डमा शुक्रबार मौद्रिक नीति आउने छ । राष्ट्र बैंकको संचालक समितिमा राष्ट्र बैंकका गभर्नर, दुवै जना डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सचिव, र अन्य ३ जना विज्ञ सदस्य रहने ब्यबस्था छ ।आगामी मौद्रिक नीतिलाई चासोका साथ हरिएको छ । राष्ट्र बैंकका गभर्नरले पटक पटक कडा मौद्रिक नीति ल्याउने बताईरहेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा  उनले देशको अवस्था,  आवश्यकता र परिस्थिति अनुसार नीति ल्याउने बताउने गरेका छन् । उनले बढ्दो मूल्यवृद्धिलाई रोक्न भए पनि ब्याजदर बढाउनु पर्ने तथा कोभिडको बेला दिइएको सहुलियत बन्द गर्नु पर्ने बताउदै आएका छन् । उनले अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने गरि मौद्रिक नीति आउने र त्यस्तो नीति आउँदा सबैले आ-आफ्नो ठाउमा केहि सहनु सक्नु पर्ने हुन सक्ने बताउने गरेका छन्। अर्थतन्त्रलाई ठिक ठाउँमा लैजानको केहि सहनु पर्दा अप्ठेरो मान्न नहुने उनले दोहोर्याउने गरेका छन् । त्यस्तै शेयर लगानीकर्ताहरुले शेयर धितोकर्जामा लगाईएको ४/१२ को सीमा पुनरावलोकन गर्नु पर्ने माग गर्दै आएका छन् । लगानीकर्ताहरु ४/१२ को सीमा शेयरधितो कर्जाको जोखिम भारको विषयलाई मौद्रिक नीतिले सम्बोधन गर्ने अपेक्षामा छन् ।

आज मौद्रिक नीति नआउने, शुक्रबारको लागि तयारी

चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति आगामी शुक्रबारसम्म सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले आज सोमबार मौद्रिक नीति सार्वजनिक गर्ने चर्चा चलेपनि राष्ट्र बैंकले थप छलफल गरेर आगामी शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।यद्यपि छलफल सकेर राष्ट्र बैंकको संचालक समितिले पारित गरेको खण्डमा शुक्रबार अगावै पनि मौद्रिक नीति आउने सम्भावना छ । राष्ट्र बैंक स्रोतले बिजपाटी सँग भन्यो 'शुक्रबारको लागि तयारी भईरहेको छ, सम्भवत शुक्रबार नै आउने छ'।त्यस्तै राष्ट्र बैंक संचालक समितिका एक सदस्यले पनि मौद्रिक नीति आज नआउने पक्कापक्कि भएको बताए । उनका अनुसार पनि सम्भवत यहि शुक्रबार मौद्रिक नीति आउने छ  । शुक्रबारभन्दा पछाडी नजाने भएकोले यसै साता मौद्रिक नीति आउने पक्का भएको छ ।आगामी मौद्रिक नीतिलाई चासोका साथ हरिएको छ । राष्ट्र बैंकका गभर्नरले पटक पटक कडा मौद्रिक नीति ल्याउने बताईरहेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा  उनले देशको अवस्था,  आवश्यकता र परिस्थिति अनुसार नीति ल्याउने बताउने गरेका छन् । उनले बढ्दो मूल्यवृद्धिलाई रोक्न भए पनि ब्याजदर बढाउनु पर्ने तथा कोभिडको बेला दिइएको सहुलियत बन्द गर्नु पर्ने बताउदै आएका छन् । उनले अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने गरि मौद्रिक नीति आउने र त्यस्तो नीति आउँदा सबैले आ-आफ्नो ठाउमा केहि सहनु सक्नु पर्ने हुन सक्ने बताउने गरेका छन्। अर्थतन्त्रलाई ठिक ठाउँमा लैजानको केहि सहनु पर्दा अप्ठेरो मान्न नहुने उनले दोहोर्याउने गरेका छन् । त्यस्तै शेयर लगानीकर्ताहरुले शेयर धितोकर्जामा लगाईएको ४/१२ को सीमा पुनरावलोकन गर्नु पर्ने माग गर्दै आएका छन् । लगानीकर्ताहरु ४/१२ को सीमा शेयरधितो कर्जाको जोखिम भारको विषयलाई मौद्रिक नीतिले सम्बोधन गर्ने अपेक्षामा छन् ।

परिस्थिति अनुसारको मौद्रिक नीति आउँछ, सहन सक्नु पर्छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हालको परिस्थिति अनुसारको मौद्रिक नीति आउने बताएका छन् । आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिन नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका छन् ।उनले अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने गरि मौद्रिक नीति आउने र त्यस्तो नीति आउँदा सबैले आ-आफ्नो ठाउमा केहि सहनु सक्नु पर्ने हुन सक्ने बताए। अर्थतन्त्रलाई ठिक ठाउँमा लैजानको केहि सहनु पर्दा अप्ठेरो मान्न नहुने उनको भनाई थियो  । गभर्नरलाई दिमागमा जे आयो , मौद्रिक नीतिमा त्यो नआउने उनले बताए । उनले अर्थतन्त्रको अवस्था हेरेर अर्थतन्त्रको माग अनुसारको मौद्रिक नीति आउने बताए । मौद्रिक नीतिको लागि राष्ट्र बैंकको टेक्निकल टिमले काम गरिरहेको उनले बताए ।उनले ५०० र १००० को भारु नोटको समस्या समाधानको लागि कुटनीतिक पहल भईरहेको बताए । आएका सुझावहरुलाई  राष्ट्र बैंक भित्र छलफल गरेर यथोचित स्थान दिने उनले उल्लेख गरेका छन् ।