सरकारसँग सहमति भएपछि निहारिका राजपुतको अनशन तोडियो

काठमाण्डाै - सरकारसँग सहमति भएपछि निहारिका राजपुतले अनशन तोड्नुभएको छ । १७ दिनदेखि काठमाण्डौमा अनशन बसिरहनुभएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले हिजो बेलुकी अनशन तोड्नुभएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग भएको सहमतिपत्रमा उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने र डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक...