वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

काठमाडौं– वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपीआइएमएस)मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ ।  मंगलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए  । उनले भने, ‘एफपीआइएमएसमा समस्या आएकाले बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप सास्ती भएको छ […]