कोट म्यारिज गर्दै फरहान र शिवानी

बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र उनकी प्रेमिका शिवानी दान्डेकरको विवाहको खबर केही समयदेखि मिडियामा छाएको छ । तर पुष्टि भने हुन सकिरहेको थिएन । अहिले भने फरहानका बुबा तथा वरिष्ठ लेखक जावेद अख्तरले उनीहरुको विवाहको खबर पुष्टि गरेका छन् । जावेदले फराहान र शिवानी २१ फेब्रुअरीमा अदालती (कोट म्यारिज) गर्न लागेको बताए ।‘कोट म्यारिजपछि एक निजी समारोह आयोजना हुनेछ । जसमा नजिकका साथीभाई र परिवारका सदस्य मात्रै सहभागी हुनेछन् । जावेदले अगाडि भने, ‘विवाहको तयारी भइरहेको छ । कोरोनाका कारण