कोरोनाले थलिएको ठमेलमा बढ्यो पर्यटकीय चहलपहल

मुलुककै राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै सात महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्न थालेको हो ।

सम्बन्धित सामग्री

पर्यटकको पर्खाइमा पर्सा राष्ट्रिय निकुञ्ज

बारा– विश्वव्यापी महामारी कोरोनाले थलिएको संसारका थुप्रै देशसँगै नेपालका अधिकांश क्षेत्र प्रभावित हुन पुग्यो ।  प्रभावित भएको क्षेत्रमध्ये एक हो, पर्यटन क्षेत्र । अहिले कोरोना केही मत्थर भएको बेलामा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल देख्न सकिन्छ । तर, पर्यटकको प्रचुर सम्भावना बोकेको प्रदेश २ को एक मात्र निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्ज भने सुनसान देखिन्छ ।  पर्सा […]

धौलागिरि आरोहण गर्न १३ पर्यटक बेसक्याम्पतर्फ

विगत दुई वर्षदेखि कोरोनाले थलिएको पर्यटन क्षेत्र पुनः पुरानै लयमा फर्कन सुरु गरेको छ । अन्य क्षेत्रमा झै पर्वतारोहणमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ । पछिल्लो समय अधिकांश आरोहीको रोजाइँमा म्याग्दीमा रहेको धौलागिरि हिमाल पर्न थालेको छ । कोरोनाको सङ्क्रमण दर कम भएको र  हिमाल आरोहणको याम पनि सुरू भएसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८१६७ मि.) आरोहणका लागि १३ विदेशी आरोहीसहितको टोली वेस क्याम्पतर्फ प्रस्थान गरेको छ । इमेजिङ नेपाल नामक ट्रेकिङ सं

लयमा फर्किदै पर्यटन क्षेत्र

म्याग्दी : कोरोनाले दुई वर्षदेखि थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फर्कन सुरु गरेको छ। अन्य क्षेत्रहरूमा झैँ पर्वतारोहण क्षेत्रमा विस्तारै आरोहीको चहलपहल शुरु भएको छ।पछिल्लो समय अधिकांश आरोहीहरूको रोजाइमा म्याग्दीमा रहेको धौलागिरी हिमाल पर्न थालेको छ। कोरोनाको संक्रमणदर कम भएको र  हिमाल आरोहणको सिजन पनि शुरु भएसँगै म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८,१६७ मि.) आरोहणका लागि १३ जना विदेशी आरोही सहितको टोली बेस क्याम्पतर्फ प्रस्थान गरेको छ। इमेजिङ नेपाल

कोभिडपछि आन्तरिक पर्यटनले भरथेग गर्दै नेपाली पर्यटन उद्योग

पुस १७, भक्तपुर । कोरोना भाइरसको संक्रमणका कारण डेढ वर्षभन्दा बढी थलिएको पर्यटक व्यवसाय चलायमान हुन लागिरहेका बेला अङ्ग्रेजी नयाँ वर्ष २०२२ का अवसरमा भक्तपुरका पर्यटकीयस्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन् । नयाँ वर्ष मनाउनका लागि यहाँका रानीकोटदेखि नगरकोटसम्मका होटल आन्तरिक पर्यटकले भरिएका हुन् ।      नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका– ७(गुण्डु) र ८(सिपाडोल) को संगमस्थल ऐतिहासिक रानीकोटमा सबै होटल आन्तरिक पर्यटकले नै भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्नेको शनिवार बिहान भीड थियो । रातभर नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचोले होटल पाउनै मुश्किल थियो ।             उता भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी पर्यटक नै पुगेका छन् । शुक्रवार बेलुका बास बसेर शनिवार बिहान सूर्योदयसँगै हिमाली दृश्य हेर्न पर्यटकको आगमन नगरकोटमा बाक्लो थियो । हरेक वर्ष विदेशी पर्यटकले भरिने यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारीका कारण विदेशी पर्यटक नआए पनि स्वदेशी पर्यटकको आगमन देखेर होटल व्यवसायी उत्साहित भएका छन् ।             समुद्री सतहबाट २ हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यकालगायत विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङ्टाङजस्ता ८ हजार मिटरभन्दा अग्ला आठ ओटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकें बताउँछन्। सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्रा मार्गले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको छ भन्दै उनी कोरोना भाइरसको महामारीमा पनि नयाँ वर्ष २०२१ को उत्साह र उमङ्ग स्वदेशी पर्यटकले नै थपेकोे बताउँछन्।             अङ्ग्रेजी नयाँ वर्षका अवसरमा भएको भीडले पर्यटन व्यवसायीका लागि ऊर्जा र उत्साह बढेको चर्चा गर्दै व्यवसायी बकें रानीकोट ऐतिहासिकरुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान भएको बताउँछन् । उनका अनुसार कोरोनाले ठप्प बनेको होटल व्यवसाय पछिल्लो केही महिनादेखि चलायमान हुँदै थियो, अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको घुइँचो लागेपछि पर्यटन व्यवसायमा पुनःआशा पलाएको छ ।             रानीकोटमा १६ करोड रुपैयाँको लागतमा निर्माण भएको सबभन्दा ठूलो भिलेज हाइल्यान्ड रिसोर्ट सञ्चालनमा आएलगत्तै कोरोनाका कारण बन्द गर्नु परे पनि अहिले भने पुनःआशा जगाएको उनी बताउँछन्। नयाँ वर्ष आफ्नो होटल सात दिन अघिदेखि नै बुक भएकाले कतिपय आउन चाहने स्वदेशी पर्यटकलाई पनि ठाउँ दिन नसकेर अन्य होटलमा पठाउनु परेको छ भन्दै व्यवसायी बकें आगामी एकसातासम्मका लागि होटलमा आन्तरिक पर्यटकले भरिने उल्लेख गर्छन्।             विगत छ महीनादेखि खुल्न थालेका नगरकोटका सानादेखि ठूला होटल नयाँ वर्षको अवसरमा भने खचाखच छन् । नयाँ वर्ष २०७८ देखि चहलपहल भए पनि अङ्ग्रेजी नयाँ वर्ष २०२२ को आगमनमा विदेशी पर्यटक नभए पनि स्वदेशी पर्यटकले नै यहाँको होटल खचाखच भएकोे होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले बताए।             उनले होटल क्षेत्रमा काम गरेको २१ वर्षभन्दा बढी भयो तर कोरोनाले होटल सुनसान भएको यो पहिलो पटक हो, यद्यपि हरेक नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन्थे, सबै होटल भरिन्थ भनी बताए । उनले गत वर्ष सुनसान भए पनि यस वर्ष अङ्ग्रेजी नयाँ वर्षमा भने आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा पुनः आशा पलाएको बताए ।             भूकम्पले भत्किएपछि पुनर्निर्माण गरेर नयाँस्वरुपमा होटल सञ्चालनमा ल्याएका होटल चौतारीका सञ्चालक बद्री माक भूकम्प र कोरोनाले संकटमा पारेको होटल व्यवसायलाई अहिले आन्तरिक पर्यटकले राहत मिलेको बताउँछन् । अङ्ग्रेजी नयाँ वर्षमा नगरकोटमा विदेशी पर्यटक नभए पनि स्वदेशी पर्यटकको आगमनले होटल खचाखच रहेको बताउँदै उनी नयाँ वर्षमात्रै नभई शुक्रवार र शनिवार अधिकांश होटल आन्तरिक पर्यटकले भरिने गरेको जानकारी दिन्छन् ।  सन् २०२१ को अन्तिम दिनलाई बिदाइ र २०२२ को पहिलो दिनको सूर्योदयलाई स्वागत गर्नका लागि यस वर्ष स्वदेशी पर्यटकको आगमनले पनि पर्यटन व्यवसायमा आशा पलाएको सञ्चालक माक बताउँछन्। रास

बढ्दै आन्तरिक पर्यटक

कोरोनाले थलिएको पर्यटन क्षेत्र तंग्रिन थालेको छ । कोरोना महामारीका बेला सुनसान पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल वढेको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर, गोरखा संग्रहालय, गोरखा दरबार, मनास्लु क्षेत्रमा भदौयता आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् ।

बागलुङका पर्यटकीय स्थलमा चहलपहल

बागलुङ । गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका मन्दिरलगायत स्थानमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कोरोनाअघि दैनिक १ हजारको हाराहारी पर्यटक आउने पञ्चकोटमा पनि तीन महिना अघिदेखि आन्तरिक पर्यटक बढेका छन् ।      विश्वकै चर्चित पर्यटकीय स्थल ढोरपाटनमा सिकार खेल्न विदेशी पर्यटले अनुमति पाइसेका छन् । गलकोटको सहस्रधारा झरना, टेउवाको खुला मूर्तिकला संग्रहालय, बागलुङ नगरपालिका–४ स्थित भूमिगत शालिग्राम संग्रहालयलमा पनि पर्यटकको चलहपहल सुरु भइसकेको छ ।      जिल्लाका अधिकांश व्यवसायलाई समेत खोपको प्रबन्ध भएपछि व्यापार व्यवसाय बढ्न थालेकोे जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष युवराज राजभण्डारीले बताए । ‘होटल तथा अन्य व्यवसायीलाई खोपको व्यवस्था गर्दै आएका छौं । अहिले बागलुङ बजारमा चहलपहल व्यापक भइसकेको छ । कालिका मन्दिर, पञ्चकोटलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा समेत आन्तरिक पर्यटक देखिन थालेका छन्’, उनले भने,‘कोरोनाको दोस्रो लहरमा ठप्प रहेको व्यापार, होटल व्यवसाय, पर्यटन व्यवसाय चल्न थालेका छन् ।’ बागलुङ र पर्वतको बीचको कालीगण्डकी नदीमाथि रहेको बञ्जी पुलमा हेर्न आउने पर्यटकसमेत बढेपछि यहाँका होटलमा चहलपहल बढ्न थालेकोे होटल तथा रेस्टुराँ व्यवसायी संघ जिल्ला अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।      ‘थलिएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको छ । होटलमा पाहुना आउन थालेका छन् । अब केही आशावादी भएका छौं । खोपको व्यवस्थापन भइरहेकाले हामी व्यवसायीसमेत विस्तारै व्यवसायमा केन्द्रित भएका छौं’, उनले भने, ‘पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धन भएपछि निकै राम्रो भएको थियो तर कोरोनाले यहाँका व्यवसायलाई धराशयी नै बनायो । अहिले पुनः सुरु भएकाले केही राहत हुनेछ ।’      पछिल्लो समय बेलढुंगा, हाँडीकोट, मूर्तिकला, चमेरे गुफा, गाईघाट झरना र सहस्रधारा झरनामा पुनः चहलपहल सुरु भइरहेको छ । विश्वकै लामो पुल ‘गण्डकी गोल्डेन बृज’मा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ भने कालिका मन्दिरमा मंगलबार र शनिबार भक्तजनको चाप बढ्दै गएको छ । रासस

वीरगंजमा तिहार र छठले चहलपहल बढ्यो, दुई वर्ष कोरोनाले थलिएको आर्थिक नगरीमा रौनक

वीरगंज। दुई वर्षदेखि कोरोना महामारीले थलिएको वीरगंज बजार यसपालीको चाडपर्बमा चहलपहल बढेको छ । आर्थिक नगरी भनेर चिनिने वीरगंजमा

नाम्जेको होमस्टेमा पर्यटकको चहलपहल बढ्न थाल्यो

असोज १७, धरान । लामो समयदेखि थलिएको सागुरीगढी गाउँपालिका ६ मा सञ्चालनमा रहेका होमस्टेमा विस्तारै चहलपहल शुरु भएको छ  । असोज १ गतेदेखि सर्वपक्षीय छलफलबाट होमस्टे सञ्चालनमा आएपछि चहलपहल बढेको हो । धनकुटाको सागुरीगढी गाउपालिका वडा नं. ६ मा रहेको नाम्चे थुम्कीमा सञ्चालन भएका होमस्टे कोरोनाको संक्रमणका कारण बन्द रहेका थिए । संक्रमणकै कारण केही समय उनीहरु कृषि पेशामा लागे तर कोरोना सहज हुँदै गएपछि भने फेरि नाम्चेका होमस्टेमा चहलपहल बढ्न थालेको छ भने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । गन्तव्य स्थलको परिचय दिलाउन नाम्जेमा मगरहरुले आफ्नो सांस्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामीण होमस्टे सञ्चालनमा ल्याएपछि भेडेटारको सुन्दरतामा सुनमा सुगन्ध थपिएझै थियो । यहा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु एक रात होमस्टेको मजा नलिई कोही पनि फर्किदैन थिए ।  तर, कोरोना भाइरसको संक्रमणको कारण यहा सञ्चलनमा आएका होमस्टे प्रभावित बने । कोरोनाको जोखिम कम हुँदा गए पछि चाडपर्वलाई लक्षित गरी असोज १ गतेबाट होमस्टे सञ्चालनमा आएका हुन् । कोेराना संक्रमण अवधिभर यहाका होमस्टे सञ्चालनमा नआउँदा १ करोडभन्दा बढी नोक्सानी व्यहोर्नु परेका उनीहरु बताउँछन् । खुला भएसँगै आन्तरिक तथा बाह्य पर्यटक यहा आएर खाने, बस्ने रमाउने गरेपछि भने उनीहरु केही आशावादी बनेका छन् । नाम्जे थुम्की होमस्टे व्यवस्थापनका अध्यक्ष अनिलकुमार राना मगरले कोरोनाकै कारण होमस्टे बन्द हुँदा एक करोड बढी नोक्सानी व्यहोर्नु परेको बताए । उनले भने, ‘कोरोनाले होमस्टे सञ्चालकलाई ठूलो क्षति पु¥यायो, असोज १ गतेदेखि सञ्चालनमा आएपछि केही राहत भने मिलेको छ ।’ उनले अहिले केही सहज भएपछि फाट्टफुट्ट पाहुनाहरु आउने गरेको बताए । उनका अनुसार विगतमा यहाका होमस्टेहरुमा दैनिक ५ देखि ६ लाख रुपैयाँसम्म कारोबार हुने गर्दथ्यो ।  अहिले भने पाहुनाहरु आउन थालेपछि भने केही आशा पलाएको उनी बताउँछन् । विराटनगरबाट ६÷७ जनाको टोली नै नाम्जे होमस्टेमा बस्न आएका रविन राजवंशीले लामो समयसम्म आउने वातारण नमिलेको बताए । उनले लामो समयपछि यहा आउँदा अर्कै रमाइलो महसुस भएको बताए ।  उनले भने, ‘हामी रिफ्रेसमेन्टका लागि समयसमयमा आउन गर्थ्यौ तर कोरोनाका कारण दुई वर्षपछि हामी आएका हौं, रमाइलो महसुस गरेका छौं ।’ उनले सडक सञ्जाल राम्रो भइदिएको भए अझ पर्यटक बढ्ने बताए ।

कोरोनाले थलिएको कर्णालीको पर्यटन क्षेत्र लयमा फर्किदै

कोरोनाले थला परेको कर्णालीको पर्यटन क्षेत्र फेरि पुरानै लयमा फर्किन थालेको छ । पहिलो र दोस्रो लहरको कोभिडका कारण सुस्ताको कर्णालीको पर्यटन क्षेत्रमा पुन चहलपहल बढ्न थालेको छ । कर्णालीका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढ्न थालेको हो । नेपालको ठूलो रारा तालमा गएको ३/४ महिनादेखि आन्तरिक पर्यटकको […]