खोप लगाउनेको भीडले झन् बढायो कोरोनाको जोखिम

काठमाडौं : सरकारले सार्वजनिक सेवा लिन यही माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गर्ने भएपछि काठमाडौंको सिभिल अस्पतालमा खोपको पहिलो मात्रा लगाउनेहरूको निकै लामो लर्को लागेको छ।सरकारले अघिल्लो वर्ष माघ १४ गते कोरोनाविरुद्ध खोप लगाउन थालेको थियो। खोप केन्द्रहरूमा सुरुदेखि नै खोप लगाउनेको भीड घटेको छैन।पछिल्लो समय भने कोरोनाको नयाँ भेरिएन्टको संक्रमण बढ्न थालेपछि सरकारले खोप लगाउन नागरिकलाई बाध्य बनाउन नियम नै लागू गरेको हो।सरकारले कुनै पनि ठाउँमा २५ जनाभन्दा बढीको भीड भेला