जिल्ला प्रशासन कार्यालयले इ-पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ । राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इ-पासपोर्ट छापिएर आएपछि सो सेवा शुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन सेवाग्राहीलाई इ-पासपोर्ट प्रदान गरी कार्यक्रमको शुरुआत गरिएको हो ।