१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ को महामारीका कारणले भएको मानवीय क्षतिको मुख्य जिम्मेवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रहेको आरोप लगाएको छ । शनिबार प्रकाशित चुनावी घोषणापत्रमा कांग्रेसले कोभिड–१९ बाट लाखौं संक्रमित र हजारौं नागरिकको मृत्यु भएको मानवीय संकटको घडीमा समेत ओली नेतृत्वको सरकार नागरिकको स्वास्थ्यमा खेलवाड गरी कमिसनको खेलमा डुबेको उल्लेख गरेको छ […]