पेसी तोक्न गोलाप्रथा लागू गरे इजलास फर्किन ५ न्यायाधीश सकारात्मक

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाप्रति असन्तुष्टि जनाएर इजलास बहिस्कार गर्दै आएका सर्वोच्च अदालतका १८ जना न्यायाधीशमध्ये ५ जना इजलासमा फर्कन सकारात्मक भएका छन्।प्रधानन्यायाधीश राणाले मुद्दाको पेसी गोलाप्रथाबाट तोक्न स्वीकार गरेको भन्दै उनीहरू यसरी तोकिने मुद्दाको सुनुवाइ गर्न तयार भएका हुन्।सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ, तेजबहादुर केसी, मनोजकुमार शर्मा, कुमार रेग्मी र कुमार चुडाल गोलाप्रथा लागू भए प्रधानन्यायाधीशले मुद्दाको पेसी तोक्न नपर्ने तर्कसहित इजलास फर्