न्युजिल्याण्डमाथि बंगलादेशको ‘ऐतिहासिक’ जित

काठमाण्डाै – न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेट बंगलादेशले आठ विकेटले जितेको छ । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर भेटायो । पहिलो पारीमा बंगलादेशले चार सय ५८ रन बनाएपछि न्युजिल्याण्ड एक सय ३० रनले पछि परेको थियो । दोस्रो पारीमा पनि न्युजिल्याण्डले जम्मा एक सय ६९ रन मात्रै बनाउन सक्यो  । उसका विल योङले ६९ रन बनाए । बंगलादेशका लागि इबदुत हसिनले ६ तथा तस्कीन अहमदले तीन विकेट लिए । दुई वटा टेष्टको श्रृङ्खला खेल्न बंगलादेश न्युजिल्याण्ड भ्रमणमा छ । घरेलु मैदानमा १७ ...

सम्बन्धित सामग्री

बंगलादेशको चुनाव निष्पक्ष नभएको ठहर

संयुक्त राज्य अमेरिकाले आइतबार सम्पन्न बंगलादेशको आमचुनाव स्वतन्त्र र निष्पक्ष नभएको धारणा व्यक्त गरेको छ । अमेरिकाले चुनावमा सबै दलले भाग नलिएको विषयमा दुःखसमेत व्यक्त गरेको छ । आइतबार सम्पन्न चुनावमा बंगलादेशकी प्रधानमन्त्री...

४० मेगावाट विद्युत् किन्ने प्रस्ताव बंगलादेशको सरकारबाट स्वीकृत

बंगलादेशको सरकारले नेपालबाट ४० मेगाावाट विद्युत् किन्ने प्रस्ताव स्वीकृत गरेको छ । भारतीय प्रसारणलाइन प्रयोग गरेर नेपालबाट सोबराबरको विद्युत् किन्ने निर्णय बंगलादेशले गरेको हो ।  बुधबार सम्पन्न बंगलादेशको आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद्ले नेपालबाट विद्युत्...

बंगलादेशको गरिब जनसङ्ख्याको आधाभन्दा बढीले थप गरिबी भौग्दै

कोभिड-१९ महामारीका कारण सन् २०२२ मा ५१ प्रतिशत गरिब जनता थप गरिबीमा धकेलिएको बंगलादेशको अग्रणी थिङ्क ट्याङ्कले बुधबार जनाएको छ। बंगलादेशको स्वायत्त बहु-अनुशासनात्मक सार्वजनिक अनुसन्धान संस्था बंगलादेश इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडिज (बिआइडिएस) ले गरेको एक सर्वेक्षणअनुसार बंगलादेशको राजधानी ढाकाजस्तो सहरमा पनि सहरी दीर्घकालीन गरिबी अझै पनि उल्लेखनीय स्तरमा छ। बिड्सले बुधबार ढाकामा आयोजित बिड्स रिसर्च […]

बंगलादेशको गरिबी दर १८.७ प्रतिशत

कोभिड-१९ महामारी र भूराजनीतिक जोखिमका बाबजुद बंगलादेशको गरिबी दर सन् २०२२ मा १८.७ प्रतिशतमा झरेको छ। सन् २०१६ को २४.३ प्रतिशतबाट गत वर्ष १८.७ प्रतिशतमा झरेको बंगलादेश तथ्यांक ब्युरो (बिबिएस) को पछिल्लो तथ्यांकले देखाएको छ। राष्ट्रिय तथ्यांयक एजेन्सीले बुधबार आफ्नो पारिवारिक आय र व्यय सर्वेक्षण सार्वजनिक गर्दै बंगलादेशको चरम गरिबी दर घटेर ५.६ प्रतिशतमा झरेको […]

बंगलादेशको बंगबजारमा आगलागी

२१ चैत, काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ । आगो निभाउन ५० युनिटलाई परिचालन गरिएको र पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको ढाका ट्रिब्युनले जनाएको छ । इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल […]

बंगलादेशको राष्ट्रिय फुटबल टोली नेपालमा

काठमाडाैँ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली गयराति नेपाल आइपुगेका छन् । बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघका पदाधिकारीले स्वागत गरेका थिए । नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल हुनेछ । बंगलादेशले बिहीबार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा बंगलादेश १–० ले विजयी भएको थियो ।

बंगलादेशको सहयोग नलिने पाकिस्तानको घोषणा

प्राकृतिक प्रकोपका कारण ठूलो क्षति भोगिरहेको पाकिस्तानले बंगलादेशको सहयोग अस्वीकार गरेको छ।  बंगलादेशको एक करोड ४० लाख टाका बराबरको सहयोग अस्वीकार गरेको हो।बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाले छिमेकी मुलुकको हैसियतले पाकिस्तालाई सहयोग गर्न लागेको घोषणा गरेकी थिइन्। तर पाकिस्तानले भने बङ्लादेशको सहयोग स्वीकार नगर्ने जवाफ दिएको छ। उसको सहयोग लिँदा विश्व समुदायमा आफ्नो छविमा नकारात्मक असर पर्ने पाकिस्तानको भनाइ छ।  बङ्लादेशको प्रकोप व्यवस्थापन तथा राहत मन्त्रालयले  बिस्कुट,

बंगलादेशको एक कारखानामा आगलागी, ४९ जनाको मृत्यु

बंगलादेशको रुपगंजस्थित एक कारखानामा आगलागी हुँदा कम्तीमा ४९ को मृत्यु भएको छ । बंगलादेशको दमकल सेवाले यसबारे जानकारी दिएको हो ।बिहिबार बेलुका रुपगंजको एक फुड एण्ड बेवरेज कारखानाको भवनमा आगलागी भएको हो ।दमकल विभागका उप–निर्देशक देवाशीष वर्धनले बीबीसीसँगको कुराकानीमा भने, ‘कम्तीमा ४९ जनाको शव भेटिएको छ ।’उनले उद्धारकार्य जारी रहेको बताएका छन् ।देबीशीष वर्धनले मृत्युको संख्या बढ्न सक्ने बताएको छ ।रुपगंज पुलिस स्टेशनका एक प्रहरी अधिकारीले बीबीसीसँगको कुराकानीमा कारखानामा काम गर्ने

बंगलादेशको ढाकामा विस्फाेट, सात जनाको मृत्यु

१४ असार, काठमाडौं । बंगलादेशको राजधानी शहर ढाकामा आइतबार भएको विस्फाेटमा सात जनाको मृत्यु भएको छ । बंगलादेशको प्रहरीले दिएको जानकारी अनुसार उक्त विस्फाेटमा परी थप ५० जनाभन्दा बढी घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार ढाकाको मोघबजार क्षेत्रको व्यस्त सडकमा उक्त विस्फाेट भएको हो । अहिलेसम्म विस्फाेट के कारणले भएको हो भन्ने […]