काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।  बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको काम कारबाही र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ ।