सबै पक्षलाई विश्वास र सहमतिमै लगेर सरकारले निर्वाचन सम्पन्न गर्छ: मन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका लागि सरकारले राजनीतिक दल र सबै पक्षलाई विश्वास र सहमतिमै अघि लिएर चुनाव शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्ने तर्फ अघि बढी सकेको बताएका छन्।