पुस महिनाको कठ्यांग्रिँदो चिसोमा एक्लै लुखुरलुखुर सडक किनारमा पाइला चालिरहेछु। मलाई देखेर हो कि कुन्नि एकोहोरो भुकिरहेछ छेवैको घरको कुकुर। ‘अफिसमा बेलाबखत सम्पादकले मेरो सातो खाएझैँ, यो देशका शासकहरूले मेरो भूगोललाई हेपेझैँ, कतै त्यो कुकुर पनि भुकिरहेको त हैन?’ मनभरि यस्तैखाले के के प्रश्न उब्जिदिन्छन्। मलाई फिटिक्कै मन लाग्दैन अहिलेको परिवेशमा नेताहरूबारे लेख्न। तर, के […]