काठमाडौं– मकवानपुरको मनहरी गाउँपालिका-७ मनहरी पुल नजिकबाट अवैध लागूऔषध अफिम २५किलो ९ सय ९० ग्राम गए राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको २ वटा मोटरसाइकलमा सवार ४ जना अपरिचित व्यक्तिहरूले झोला छाडी फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो […]