हुन्डाई मोटरको पूर्णतया विद्युतीय फ्ल्यागशिप एसयूभी ‘आयोनिक ९ (IONIQ 9)’ ले बजारमा सार्वजनिक भएको तीन महिनामै ‘जर्मन प्रिमियम कार अफ द इयर २०२६’ को प्रतिष्ठित उपाधि जितेको छ। यो उपलब्धिले विश्व प्रिमियम इलेक्ट्रिक सवारी बजारमा हुन्डाईको तीव्र प्रगतिलाई झल्काएको छ। ४० जना अग्रणी अटोमोटिभ पत्रकारहरूको स्वतन्त्र निर्णायक मण्डलले आयोनिक ९ लाई यो उपाधिका लागि चयन […]