राजा महेन्द्रको निधन ३१ जनवरी १९७२ मा चितवनमा भयो। यसपछि राजा भए, वीरेन्द्र। बेलायत र अमेरिकाजस्तो पश्चिमा देशमा उच्च शिक्षा हासिल गरेका वीरेन्द्र आफ्ना बुबाभन्दा भिन्न विचार राख्थे। जहाँ महेन्द्रले राजनीतिक पार्टीबिनाको शासन व्यवस्थाको अभ्यास गरे, त्यही वीरेन्द्रले प्रजातान्त्रिक व्यवस्थाको अभ्यास गरे। महेन्द्रमा कूटनीतिक चातुर्य बढी थियो। त्यसैले विदेशी शक्ति राष्ट्रहरू महेन्द्रसँग पूर्ण विश्वस्त हुन […]