निर्वाचन सुरक्षाका लागि नेपाली सेनासहित चारवटै सुरक्षा निकाय परिचालन

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन भोलिदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालन हुने भएका छन्। सरकारले स्वीकृत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ अनुसार निर्वाचन सुरक्षालाई प्रभावकारी बनाइने भएको हो। निर्वाचन आउन अब एक महिना मात्र बाँकी रहँदा सुरक्षा व्यवस्था थप कडा बनाउने तयारी गरिएको […]