रैथाने उत्पादन र मह प्रवर्द्धनमा रत्ननगर महोत्सव

नारायणगढ– रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने उद्देश्यसहित चितवनको रत्ननगर नगरपालिका–टिकौली चौरमा रत्ननगर महोत्सव–२०८२ आयोजना हुने भएको छ ।  स्थानीय उत्पादनको प्रवर्द्धन, कृषक तथा उद्यमीलाई बजारसँग जोड्ने र लोपोन्मुख रैथाने खानाको संरक्षण गर्ने लक्ष्यसहित यही पुस २५ देखि आगामी माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ […]