भयानक विमान दुर्घटनामा भाग्यले बाँचेका विश्वास बसेको ‘११ ए’ सिट, सुरक्षित सिट या संयोग ?

बिहीबार भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डिया बोइङ ७८७ ड्रीमलाइनर विमान टेकअफको केही मिनेटमै दुर्घटनाग्रस्त हुँदा विमानमा सवार २४२ मध्ये २४१ जनाको ज्यान गयो । साथै, दुर्घटनास्थलमा रहेका केही व्यक्तिहरूको ज्यान गयो। तर, यो भीषण दुर्घटनामा एक जना मात्र यात्रु चमत्कारीरूपमा बाँच्न सफल भए, उनी थिए, भारतीय मूलका बेलायती नागरिक विश्वास कुमार रमेश । […]