अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी, ६ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको छ । अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, पाउद्वार, रातोपानी कुण्ड र रुप्से झरनामा प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर चालु आर्थिक वर्ष २०८३/०८४ मा रु एक करोड ३० लाख ६६ हजार पाँच सय ५५ आम्दानी गरेको छ । […]