ट्रम्प प्रशासनले अमेरिकामा व्यावसायिक रूपमा गरिने ‘बर्थ टुरिजम’ अर्थात् अमेरिकी भूमिमा बच्चा जन्माएर उसलाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले गरिने यात्रामा जानाजानी संलग्न हुने वा त्यसलाई सहजीकरण गर्ने व्यक्तिलाई लक्षित गर्दै बुधबार नयाँ भिसा प्रतिबन्ध नीति घोषणा गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार नयाँ नीति ‘बर्थ टुरिजम’ सञ्जालका मालिक, सञ्चालक तथा व्यवस्थापक; भिसा आवेदनमा झुटो […]