कसरी अघि बढ्छ भुसालको कारबाही प्रक्रिया ?

काठमाडौँ । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कारबाहीको सिफारिस गरेसँगै एमालेभित्र खैलाबैला मच्चिएको छ । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत कारबाहीको विषयले चर्चा पाएपछि एमालेकै नेता कार्यकर्ताहरू समेत त्यसको पक्ष विपक्षमा तर्क वितर्क गर्न पुगेका छन् । भुसालमाथि कारबाही प्रसङ्गमा कतिपयले आयोगले सिफारिस गर्दैमा कारबाही नहुने बताएका छन् भने कतिपयले आयोगको सिफारिस पार्टी कमिटीको आग्रहमा आयोग स्वयंले पनि पुनर्विचार गर्न सक्ने बताएका छन् ।स्थानीय तह निर्वाचनपछि