राष्ट्रपतिविरुद्ध विराटनगरमा प्रदर्शन

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध विराटनगरमा पनि प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले विराटनगरमा उक्त कदमको विरोध गर्दै प्रदर्शन गरेको हो । विराटनगरको मेनरोडस्थित हनुमान मन्दिर अगाडि प्लेकार्ड र ब्यानरसहित जसपाका नेता तथा कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजी गरे । प्रदर्शनका क्रममा उनीहरूले ‘अरू केही जान्दैनौं, व्यवस्थापिका माथिको हस्तक्षेप मान्दैनौं, संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक ‘कु’को