नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरूपमा कुपोषित

काठमाडौं । बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ति र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता एवं कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको छ ।  बहुक्षेत्रीय पोषण योजना दोस्रो र अन्य पोषण तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रमको विस्तारमा आवश्यक सूचना तथा तथ्यांक उपलब्ध गराउन सन् २०२० मा राष्ट्रिय योजना आयोगले शुरू गरेको पोषणको कमी पूर्तिसम्बन्धी अध्ययनमा सो निष्कर्ष निकालिएको होे । विश्व खाद्य कार्यक्रमको सहयोगमा गरिएको यस अध्ययनले पोषणलाई खाद्य प्रणालीको दृष्टिकोणबाट हेर्दै पोषिलो खाद्य पदार्थको उपलब्धता र उपभोगका लागि आर्थिकलगायत अन्य के कस्ता बाधा छन् भन्ने विषयमा विश्लेषण गरेको छ । आयोगद्वारा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरिएको थियो । नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरूपमा कुपोषित रहेको, १७ प्रतिशत महिला अधिक तौलका रहेको र कुपोषणको अवस्था चिन्ताजनक देखिएको अध्ययनले देखाएको छ । कुपोषण र खाद्य असुरक्षाको स्थितिको अवस्था भौगोलिक क्षेत्र, उमेर समूह र आर्थिक अवस्थाअनुसार फरक छ । बालबालिकामा हुने पुड्कोपन सबैभन्दा धनी समूहमा भन्दा सबैभन्दा बढी गरिब समूहमा सूक्ष्म पोषक तŒवको कमीका कारण दोब्बरभन्दा बढी रहेको पाइएको छ । सूक्ष्म पोषक तŒवको कमी वा लुकेको भोकमरीको मुख्य कारणमा न्यून खाद्य विविधता, खाद्य पदार्थमा आवश्यक पोषक तŒवको कमी र ताजा पोषिलो खाद्यवस्तु उत्पादनमा भन्दा अन्नबालीको उत्पादन र उपभोग जस्ता पक्षलाई प्रतिवेदनमा समेटिएको छ ।      प्रतिवेदन सार्वजनिक गर्दै आयोगका सदस्य डा. दिलबहादुर गुरुङले प्रभावकारी रूपमा कुपोषण रोकथामका लागि नीति तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयनका लागि तथ्य तथ्यांकको आवश्यकता पर्ने हुँदा यस अध्ययनले आगामी दिनमा यसम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने बताए । अर्का सदस्य डा. उमाशंकर प्रसादले खाद्य पदार्थमा पहुँचका लागि नेपालले विद्यमान खाद्य प्रणालीको रूपान्तरण गर्नु आवश्यक रहेको बताए । पोषण संवेदनशील कृषि र असल पूर्वाधारको विकासमा लगानी गरेर मात्रै सबै समुदायलाई स्वच्छ तथा पोषिलो खाद्य पदार्थको उपभोग गर्न सक्ने अवस्थामा पुर्‍याउन जरुरी भएको उनको भनाइ छ । आयोगका सदस्यसचिव केवलप्रसाद भण्डारीले गरिबीले घरधुरीको पोषिलो खाद्य पदार्थको पहुँचमा अवरोध सृजना गरेको उल्लेख गरे ।

सम्बन्धित सामग्री

अफगानिस्तानका दुई लाख सत्तरी हजारभन्दा बढी कुपोषित बालबालिकाको उपचार

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले अफगानिस्तानका दुई लाख ७० हजारभन्दा बढी कुपोषित बालबालिकाको उपचार गरेको दाबी गरेको छ। बितेका पाँच महिनामा कुपोषणको सिकार भएका दुई लाख ७३ हजार बालबालिकाको उपचार युनिसेफबाट भएको खामा प्रेसले जनाएको छ। खामा प्रेसका अनुसार तालिबानले देशको शासन सम्हालेपछि गरिबीमा भएको वृद्धिले बालबालिका पनि कुपोषणको सिकार भएका सहायता संगठनहरूले बताएका छन्। […]

बैतडीमा कुपोषित बालबालिका बढ्दै

बैतडीका ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन्। पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन्। समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन्।...

बैतडीमा कुपोषित बालबालिका बढ्दै

बैतडीका ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन्। पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन्। समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन्।...

कुपोषित बालबालिका खोज्दै गाउँपालिका

बैतडीको सुर्नया गाउँपालिकाले कुपोषित बालबालिका खोज्न थालेको छ । गाउँपालिकामा रहेका कुपोषित बालबालिकाको स्वास्थ्य अवस्था सूधारको लागि घरघरमा पुगेर कुपोषित बालबालिका खोज्न थालेको हो ।

केन्यामा खडेरीका कारण नौ लाखभन्दा बढी बालबालिका कुपोषित

केन्यामा खडेरीका कारण पाँच वर्ष मुनिका करिब ९४२,००० बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको शिकार भएको राष्ट्रिय सुख्खा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शुक्रबार जनाएको छ।एनडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध-सुक्खा क्षेत्रहरूमा तीव्र रूपमा कुपोषित बालबालिकाहरूको संकलन गरेको छ। एक लाख ३४ हजार भन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ।संस्थाले केन्यामा मानवीय सहायताको तीव्र खाँचोमा परेका व्यक्तिहरूको संख्या हाल ४३ लाख भन्दा बढी रहेको बताएको छ। सो संख्

पूर्ण खोपयुक्त गाउँपालिकामा देखिए कुपोषित बालबालिका

सिमकोट – पूर्ण खोपयुक्त खार्पुनाथ गाउँपालिकामा कुपोषित बालबालिकाका देखिएका छन्। केही दिनअघि गाउँपालिकाको स्वास्थ्य शाखाले बस्ती–बस्तीमा पुुगेर बालबालिकाको पोषण अवस्था लेखाजोखा गर्दा कुपोषित देखिएका हुन्। स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहरका अनुुसार पूर्ण खोपयुक्त भए पनि बालबालिकामा कुपोषण देखिन सक्छ। ०७४ सालमा उक्त गाउँपालिकाका सबै वडा पूर्ण खोपयुक्त घोषित भएका थिए। उमेरअनुुसार खानाको व्यवस्था […]

कञ्चनपुरमा छ सय दुई जना बालबालिकामा कुपोषण

कञ्चनपुर । कञ्चनपुरमा छ सय दुई जना कुपोषित बालबालिका भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले कुपोषित बालबालिकाको खोजीका लागि चलाइएको अभियानमा दुई महिनामा छ सय दुई जना कुपोषित बालबालिका फेला परेका हुन् । साउन र भदौमा चलाइएको दुई महिने अभियानमा ९५ जना बालबालिकामा कडा शीघ्र खालको कुपोषण र पाँच सय सात जना बालबालिकामा मध्यम […]

कञ्चनपुरमा भेटिए ६०२ जना कुपोषित बालबालिका

कञ्चनपुर : जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्यमा कुपोषित बालबालिकाको खोजी अभियान सञ्चालन गरेको छ।साउन र भदौमा सञ्चालन गरिएको अभियानमा ६०२ जना कुपोषित बालबालिका भेटिएका छन्। तीमध्ये ९५ जनामा कडा खालको कुपोषण र ५०७ मा मध्यम खालको कुपोषण देखिएको छ।जिल्लाभर सबैभन्दा बढी कुपोषण बेलडाँडी गाउँपालिकामा भेटिएको छ। त्गहाँका १०२ जना बालबालिकामा कुपोषण देखिएको छ। कुपोषणका लागि बहिरङ्ग सेवा(ओटीसी) सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले कुपोषित बालबा