माधव नेपाललाई आयोगको स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई पनि पत्र

काठमाण्डाै – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । रौतहटमा चुनाव प्रचारका क्रममा मतदातालाई प्रभावित पार्ने गरी 'फ्री भिसा, फ्री टिकट' को बारेमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएकाले स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको छ ।  स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ । आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भने पनि रौतहट जिल्ला प्रहरी कार्यालयल...