एनआरटी जीतपुर सिमरा गोल्डकपको अन्तिम चारमा

१३ चैत, सिमरा । डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी जीतपुर सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । ‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाइटेडलाई १-० ले पराजित गर्दै एनआरटी सेमीफाइनल प्रवेश गरेको हो । एनआरटीका लागि अशोक थापाले निर्णयक गोल गरे । खेलको २९औं मिनेटमा कृतिश रत्नचुन्जुले डिबक्सभित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए […]