अर्थमन्त्रीमा पौडेल आएपछि मोरङका उद्योगीको आन्दोलन स्थगित

१२ पुस, विराटनगर । बैंकले चर्को ब्याज लिएको विरोधमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी  व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरुले आन्दोलन स्थगित गरेका हुन् । सोमबार अर्थमन्त्री नियुक्त भएका पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएका थिए । अर्थमन्त्रीले वार्तामा  बोलाएपछि आन्दोलन स्थगित गरेको  मोरङ व्यापार संघ का […]

सम्बन्धित सामग्री

कम्युनिष्ट सरकारको अर्थतन्त्र समाजवाद उन्मख कि उही दलालीकै दलदलमा ?

एमालेका नेता विष्णु पौडेलले अर्थमन्त्री नियुक्त भएपछि अर्थतन्त्रलाई नयाँ गति दिने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यही भनेका छन् । विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएपछि उद्योगी, व्यवसायीहरुका ऋणको ब्याज घटाउनेदेखि अन्य मागका आन्दोलन स्थगित भएका छन् ।

खोसियो निगमबाट डिम प्रकाशको कार्यकारीको अधिकार, के हुन्छ कर्मचारीको आन्दोलन ?

सरकारले युवराज अधिकारीलाई नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा नियुक्त गरेसंगै निगमकका महाप्रबन्धक पदमा रहेका डिम प्रकाश पौडेलको कार्यकारी जिम्मेवारी खोसिएको छ। सरकारले सुशील घिमिरेले निगमको अध्यक्षबाट दिएको राजिनामा स्वीकृत गर्दै अधिकारीलाई अध्यक्षमा नियुक्त गरेको हो।  तर निगमको अध्यक्षमा नियुक्त गर्ने क्रममा सरकारले अधिकारीलाई कार्यकारी अधिकार दिएर कार्यकारीको जिम्मेवारी दिएको हो। यससंगै निगमका कार्यकारी अधिकार सहित महाप्रबन्धक बनेका डिम प्रकाश पौडेलको कार्यकारी अधिकार खोसिएको छ। सरकारले झन्डै एक सय दिनदेखि आन्दोलनमा रहेर हाल स्थगित अवस्थामा रहेका निगमका कर्मचारीहरुको एउटा माग सम्बोधन हुने गरि अधिकारिलाई नियुक्त गरेको बताइएको छ।  निगमलाई निजीकरण गर्ने बहानामा निगमलाई कौडीको भाऊमा बिक्रि गर्ने निर्णय गरेको आरोप लगाउदै निगमका कर्मचारीहरु झन्डै एक सय दिनदेखि आन्दोलनमा थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कात्तिक १० गतेभित्र कर्मचारीहरुको माग सम्बोधन गर्ने प्रतिबद्दता जनाएपछि निगमका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका थिए। यस अगाडी: - मन्त्री आलेले गरे निगमका कर्मचारीसँग 'अनौठो' सहमति, अप्ठ्यारोमा महाप्रबन्धक पौडेल- महाप्रबन्धक पौडेलमाथि वायुसेवा निगमलाई कौडीमा बेच्न लागेको आरोप, कसरी खुल्यो पोल ?के हुन्छ निगमका कर्मचारीको आन्दोलन ?महाप्रबन्धक पदबाट डिम प्रकाश पौडेलको राजिनामा सहित बिभिन्न चार बुंदे माग राखेर आन्दोनमा उत्रिएका निगमका कर्मचारीहरुको आन्दोलन अब के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। यद्दपी सरकारले कात्तिक १० गते भित्र आफुहरुको माग सम्बोधन गर्ने प्रतिबद्दता दिएकाले त्यो समय पर्खने र त्यसपछि थप निर्णय लिने नेपाल बायुसेवा निगमका आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष पर्सुराम ज्ञवालीले बिजपाटीलाई बताए। सरकारले कार्यकारी सहितको अधिकार दिएर अध्यक्ष पदमा युवराज अधिकारीलाई नियुक्त गरेपनि महाप्रबन्धक पदमा रहेका डिमप्रकाश पौडेलको के हुन्छ भन्ने स्पष्ट भईनसकेकाले एउटा माग पुरा भयो भन्ने पक्षमा ट्रेड युनियन नभएको ज्ञवालीले बताए। निगमलाई निजीकरण गर्नेगरि निगम संचालक समितिले स्वीकृत गरेको प्रस्ताव, महाप्रबन्धक पदबाट दिप प्रकाश पौडेलको राजिनामा, स्वार्थ बांझिने संचालकको राजिनामा लगायतका माग राख्दै निगमका सम्पूर्ण कर्मचारी आन्दोलनमा उत्रिएका थिए।